प्रकाशित : २३ श्रावण २०७५, बुधबार १६:४२

विराटनगर, २३ साउन । आर्थिक बर्ष २०७४/०७५ मा विराटनगर भन्सार नाका भएर भारत लगायत अन्य मूलुक तर्फ निकासी भई बढी राजस्व असुली हुने बस्तुमा पिना पहिलो स्थानमा रहेको छ । पीनाको निकासीबाट एक करोड १७ लाख ९१ हजार राजस्व असुली भएको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले जानकारी दिनुभयो ।

विराटनगर भन्सार नाका भएर उक्त आ.ब. मा ८३ करोड २५ लाख तीन हजार मूल्यको दुई करोड ३५ लाख ८२ हजार किलो ग्राम पीना भारत लगायत अन्य मूलुक तर्फ निकासी भएको छ ।

पिना पछि दोस्रो स्थानमा भेनीयर सीट (काठको प्लाई) रहेको छ । उक्त भन्सार नाकाबाट गएको आ.ब. २०७४/०७५ २५ लाख १८ हजार मूल्यको तीन लाख ८३ हजार स्कुवाएर मिटर भेनीयर सीट निकासी भएको छ ।

भेनीयर सीट (काठको प्लाई) को निकासीबाट सो भन्सार कार्यालयले २३ लाख २४ हजार राजस्व असुली गरेको छ । खास गरेर पहाडी क्षेत्रमा पाईने उत्तिस लगायतको नरम जातको काठबाट नेपाली प्लाई उत्पादन हुने गर्दछ ।

नेपालको पूर्वी पहाडी जिल्लामा प्रशसस्त मात्रामा उत्तिस पाईने भएकाले सुनसरी, मोरङमा प्लाई उत्पादनका थुप्रै उद्योगहरु सञ्चालनमा रहेको व्यवसायिहरुले बताएका छन् ।
त्यस्तै उक्त भन्सार नकाबाट निकासी भएर बढी राजस्व असुली हुने तेस्रो बस्तुमा वनस्पती उत्पादनहरु रहेका छन् ।

आ.ब. २०७४÷०७५ विराटनगर भन्सार नाकाबाट २६ करोड ९७ लाख ८५ हजार मूल्यको २१ लाख ५८ हजार ५३० किलो ग्राम नेपाली वनस्पती उत्पादन विदेश निर्यात भएको भई १४ लाख ३६ हजार राजस्व असुली भएको बताइएको छ ।

त्यसैगरी १३ लाख १५ हजार मूल्यको चोकर, भुस निकासीबाट रु तीन लाख १४ हजार, चार अर्ब १७ करोड ५० लाख ८८ हजार मूल्यको सेन्थेटिक यार्नको निकासीबाट एक लाख ६० हजार, दुई अर्ब ४८ करोड, ३८ लाख ४८ हजार मूल्यको जुटका कपडाको निकासीबाट रु एक लाख ५४ हजार राजस्व असुली भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै दुइ अर्ब दुई करोड ७३ लाख १९ हजार मूल्यको जुटका बोरा र झोलाको निकासीबाट एक लाख २२ हजार, चार अर्ब ७५ करोड ३१ लाख १३ हजार मूल्यको अलैची निकासीबाट एक लाख १७ हजार, एक अर्ब ९१ करोड ६५ लाख ८८ हजारको अन्य रेसाको कपडाको निकासीबाट एक लाख १६ हजार र एक अर्ब ८५ करोड ४३ लाख ६२ हजार मूल्यको जी आई वायरको निकासीबाट ८९ हजार राजस्व असुली विराटनगर भन्सार कार्यालयले गरेको उक्त कार्यालयले जनाएको छ ।

पैठारी तर्फ हाइस्पीड डिजेलबाट उक्त भन्सार कार्यालयले सबै भन्दा बढी राजस्व असुली गरेको छ । डिजेलको पैठारीबाट आब २०७४÷०७५ विराटनगर भन्सार कार्यालयले दुई अर्ब ३६ करोड ६३ लाख २३ हजार राजस्व असुली गरेको छ ।

त्यस्तै तीन अर्ब ५५ करोड ४६ लाख २६ हजार मूल्यको चीनीको निकासीबाट एक अर्ब ३८ करोड ५२ ९९ हजार, सात अर्ब ८८ करोड ३६ लाख मूल्यको सि आर सटी को पैठारीबाट रु एक अर्ब ३८ करोड ३६ लाख, एक अर्ब ९८ करोड ८१ लाख मूल्यको पेट्रोल पैठारीबाट एक अर्ब ३२ करोड ७० लाख राजस्व असुली गरेको छ ।

डिजेल, चिनी, सी आर सीट र पेट्रोल पछि पैठारी तर्फ उक्त भन्सार नाकाबाट बढी राजस्व असुली हुने अन्य बस्तुहरुमा मोटर साईकल, एम एस विलेट, पोलीथिन दाना, स्टील वायर रड, एच आर सीट र तयारी कपडा उच्च दश स्थानमा रहको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३