Breaking News

एभरेष्ट स्कुलमा विज्ञान सेमिनार

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १६:४०

विराटनगर, २३ साउन । विद्यार्थीलाई अध्ययनसँगै नविनतम खोजमा लाग्न उत्प्रेरीत गर्ने उद्देश्यकासाथ एभरेष्ट सेकेण्डरी स्कुलमा विज्ञान सेमिनार गरिएको छ ।
प्लस टु साइन्स एण्ड मेनेज्मेन्टका कक्षा ११ र १२ विद्यार्थीविच प्रतिष्पर्धा गराइएको हो । विभिन्न ८ वटा समूहले फरक फरक विषयमा अनुसन्धान र अध्ययन गरेर तयार पारेका विज्ञानसम्बन्धित सामाग्री प्रस्तुत गरेका छन् ।

‘द्याट वन सेल’, आर्टिफिसीयल इन्टिलिजेन्स’, ‘भर्चुअल रियालीटि’, ‘भेनम’, ‘पृथ्वी बारिहको जीवन’, ‘हाम्रो अर्को गन्तव्य मंगलग्रह’, ‘तारा’ र ‘प्रविधिको सिमितता’ जस्ता विषयमा विद्यार्थीहरुले आ–आफ्ना खोजलाई व्यवहारसँग तुलना गर्दै प्रस्तुत गरेका थिए ।

खोज अनुसन्धानको विकासबाट उत्कृष्टता हासिल गर्ने लक्ष्य लिएर अघि बढेको एभरेष्ट स्कुलले आफ्ना विद्यार्थीहरुलाई पनि विषयगत रुपमा खोजमा लाग्न उत्प्रेरणा जगाउन थालेको छ ।

एभरेष्टका प्रिन्सिपल टिकाराम पुरी भन्नुहुन्छ, ‘हामी हाम्रा उत्पादन देश समृद्ध बनाउने हरेक क्षेत्रमा दक्ष बनेर प्रस्तुत हुनुपर्छ ।’ उहाँले त्यसकालागि अध्ययन सँगै व्यवहारिक शिक्षा र नविनतम खोजमा लागुन् भनेर प्रतिष्पर्धात्मक सेमिनार गरिएको बताउनुभयो ।

कार्यक्रमपछि विद्यार्थीहरुले नविनतम खोजमा लाग्न उत्सुकता थपिएको प्रतिकृया दिएका छन् । कक्षा ११ का सास्वत काफ्लेले यसले थप उर्जा दिने बताए । अर्का विद्यार्थी इशान शर्माले अध्ययनसँग जोडिएका विषयको खोजि गर्दा व्यवहारमा समेत सहज हुने तर्क गरे ।
प्रतियोगितामा कक्षा ११ का आर्यन ढकाल, प्रतिक गेलाल, इबिसा दाहाल र रिचन काफ्लेको समूह विजेता बनेको विज्ञान संकायका को–अर्डिनेटर रिषभ पाण्डेले बताए ।

विजेताहरुलाई स्कुलको रजत जयन्तीका दिन प्रमाणपत्र प्रदान गरिने छ । विद्यार्थीहरुको शारिरिक हाउभाउ, विषयवस्तु र प्रस्तुतीकरणका आधारमा अकं दिइएको निर्णायक भुवन गौतमले बताए ।

विज्ञान जस्तै व्यवस्थापन संकायका विद्यार्थीहरुमा पनि २८ साउनमा प्रतिष्पर्धात्मक सेमिनार गरिने मा व्यवस्थापन संकायका को–अर्डिनेटर बिजय शर्मा पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३