Breaking News

कम तौलको नवजात शिशु मोरङ सहकारी हस्पिटलले बचायो

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १४:३२

विराटनगर, २३ साउन । कम तौलको नवजात शिशु विराटनगर स्थित मोरङ सहकारी अस्पतालले सफल उपचार गरेको छ । हस्पिटलले ९ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार गरेर बचाएको हो ।

सामान्यता दुई किलो भन्दा कम जन्मिएको बच्चा बचाउन गारो हुने गरेको चिकित्सवहरु बताछन् । तर, मोरङ सहकारीमा कार्यरत बालरोग बिषेशज्ञ चिकित्सवहरुको टोलीले कम तौल भएको बच्चाको सफल उपचार भएपछि मंगलबार डिस्चार्ज भएको छ ।

विराटनगर–२ घर भएकी रुवी कर्ण मोरङ सहकारीमा १४ साउनमा भर्ना भएकी थिइन् । उनको सोही दिन प्रसूती तथा स्त्री रोग बिशषेज्ञ डा. बालकृष्ण साहको टिमले शल्यक्रिया गरि कम तौल भएको नवजात शिशु निकालेको थियो ।

अस्पतालको बाल रोग विशेषज्ञ डा. प्रविन कुमार झा र डा. अन्सु घिमिरको टिमले उपचारपछि नवजात शिशु अहिले ठिक भएको अस्पतालका मेनेजर धरणी खनालले बताउनुभयो ।

एक साता बढी उपचार गरेर मंगलबार डिस्चार्ज हुँदासम्म बच्चाको तौल १ किलो ३ सय ग्राम पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘विशेषज्ञहरूको टिमले अब बच्चालाई कुनै खतरा नभएकाले डिस्चार्ज गर्न लागेका हौं ।’ अहिले बालिकाले आमाको दुध खान थालेको, शरीरको तापक्रमसमेत सही भएको र अन्य सबै अंगले काम गरिरहेका कारण उनलाई डिस्चार्ज गरिएको खनालले बताउनुभयो ।

कम जन्म तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउन चिकित्सकले बताए । उनीहरु स्वास्थ्यका हिसावले सामान्य बच्चाभन्दा बढी जोखिममा हुने भएकाले स्वास्थ्यमा विशेष हेरचार गर्नुपर्ने डा. झाले बताउनुभयो । डा. झाका अनुसार कम तौल भएका बच्चालाई चिसोबाट बचाउनुपर्ने सुझाब दिएका छन् । ‘कम तौल भएका बच्चामा शरीरलाई तातो बनाउने ब्राउन फ्याटको कमी हुन्छ,’ डा. झाले भने,‘ब्राउन फ्याट कम हुने भएकैले त्यस्ता बच्चालाई चाँडो चिसोले समाउँछ । तसर्थ कम तौल भएका बच्चालाई चिसोबाट बचाउन ध्यान पुर्याउनुपर्छ,’ डा. झाले भन्नुभयोे ।

आर्थिक अवस्था नाजुक भएको कर्ण परिवारको उपचारमा मोरङ सहकारी हस्पिटलले एन.आइ.सियू., भेड भर्ना चिकित्सले निःशुल्क उपचार गरिदिएको छ ।

उपचारमा लागेको औषधीको खर्च भने डा.असित घिमिरले सहयोग गरेका छन् । घिमिरे लयान्स क्लब आफ विराटनगर मोरङका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३