Breaking News

अपराधमा बालबालिकाको प्रयोग घट्दै

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १४:२१

विराटनगर, २३ साउन । प्रदेश १ मा विभिन्न खालका अपराधिक घटनामा बालबालिकाको प्रयोग गर्ने क्रम घट्दै गएको पाइएको छ । प्रहरीको पछिल्लो तीन वर्षको तथ्याँकले यसलाई पुष्टि गर्छ ।

प्रहरीका अनुसार हत्या, ज्यान मार्ने उद्योग, चोरी, डकैती, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, सार्वजनिक अपराध, लागूऔषध, बालविवाह, हातहतियार खरखजना लगायतका अपराधिक घटनामा बालबालिकाको संलग्नता रहँदै आएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसपी सुमन तिमल्सिनाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश भरी विभिन्न खालका अपराधिक घटनामा १६ वर्ष मुनीका एक सय नौ जना बालबालिका संलग्न रहेकोमा एक सय चार जना बालक मात्रै छन् । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २०७४÷०७५ मा अपराधमा संलग्न बालबालिकाको संख्यामा ७९ ले कमि हो ।

आर्थिक वर्ष २०७३/०७४ मा मात्रै एक सय ८८ जना बालबालिका अपराधमा संलग्न रहेको डीएसपी तिम्सिनाको भनाइ छ । जसमा १० जना बालिका र एक सय ७८ जना बालक छन् । उहाँका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा दुई सय ३९ जना बालबालिका अपराधमा संलग्न थिए । १ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी केदार रिजालले कतिपय घटनामा बालबालिकाहरु आँफै सक्रिय भएर लागेको र कतिपयमा बालबालिकाको प्रयोग गर्ने गरेको पाइएको बताउनु भयो ।

वर्षेनी विभिन्न अपराधिक घटनामा बालबालिकाको संलग्नता बढ्दै गएपछि व्यवस्थापन गरेर उनीहरुको आचरणमा सुधार ल्याउँदै अपराधमा बालबालिकाको संलग्नता न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरु पनि संचालन गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार पछिल्लो समय अपराधमा बालबालिकाको संलग्नता घट्दै जानुलाई अभिभावकमा सचेतना, बालबालिकालाई उचित वातावरण दिएर सही हिसावले मार्ग निर्देश गर्न सक्ने पारिवारिक सक्षमता, प्रहरी सक्रियता, अपराधका विरुद्धमा बालबालिकालाई केन्द्रीत गरेर प्रहरीद्धारा गरिएका विभिन्न विद्यालय स्तरिय सचेतनामुलक कार्यक्रमहरु र जनचेताको प्रभावले काम गरेको रुपमा लिन सकिन्छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३