प्रकाशित : २३ श्रावण २०७५, बुधबार १३:४३


विराटनगर, २३ साउन । विश्व आदिबासी दिवसको अवसरमा भोली (विहिबार) प्रदेश नं. १ मा सार्वजनिक विदा दिईएको छ । प्रदेश नं. १ को आन्तरिक तथगा कानून मन्त्रालयले आज एक सूचना प्रकाशित गरि भोली विदा दिने जनाएको छ ।
गत चैत २९ गते बसेको प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा मुद्धा परेको थियो ।
अधिवक्ता मोहनसिंह लिम्बुले बिदा रोकी पाउ भनी उच्च अदालत विराटनगरमा निवेदन दिनु भएको थियो । तर उच्च अदालत विराटनगरले एमेक्युरी समेत गठन गरि राय लिएपछि हाललाई बिदा रोक्दा अपुर्णिय क्षति नहुने भन्दै अन्तरिम आदेश नदिएपछि प्रदेश सरकारले घोषणा गरेको बिदा कार्यन्वनमा गएको हो ।
प्रदेश सरकारले भदौ १० गते रक्षा बन्धन, भदौ १८ गते राधाकृष्ण रथयात्रा र कात्तिक २७ गते छठ पर्वका अवसरमा पनि प्रदेश नं. १ मा विदा दिने यरअघि नै निर्णय गरेको थियो ।