प्रकाशित : २१ श्रावण २०७५, सोमबार १८:०४

विराटनगर, २१ साउन । व्यक्तिको हत्या गरेर पनि गाउँघरमै खुल्लेआम हिंडडुल गरिरहेका तीन जनालाई प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट घटना भएको १५ वर्षपछि पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार साविकको डंग्राहा गाविस ६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा ७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई पक्राउ गरिएको हो । विश्वासको २०६० साल मंसिर ७ गते हत्या भएको थियो ।

थापाले अपराधिक घटनाका पुराना फायल केलाउँदै जाँदा हत्या भएको लामो समयपछि भए पनि घटनामा संलग्नलाई गाउँघरबाटै पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिनु भयो ।

प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको भन्दै स्थानीय बासिन्दाले कुटपिट गरेर गारीलालको हत्या गरेका थिए ।

घटनामा संलग्न तीनै जनाको नामै किटान गरिएको जाहेरी प्रहरीमा परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता देखिएको छ । तीनै जना विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी थापाले दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३