Breaking News

प्राइम सहकारीका सञ्चालक पक्राउ

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १७:३६

विराटनगर, २० साउन । विराटनगर–९ बाटारोडमा रहेको प्राइम वचत तथा ऋण सहकारी संस्थाको करोडौं रुपैयाँ अपचलन गरि फरार भएका मुख्य सञ्चालक पक्राउ परेका छन् ।

बचत कर्ताले जम्मा गर्न दिएको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिव इश्वर श्रेष्ठलाई प्रहरीले पोखराबाट आज दिउँसो पक्राउ गरेको हो । लामो समयदेखी फरार रहेका श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङकोे विशेष टोली परिचालन गरि पोखराबाट पक्राउ गरिएका श्रेष्ठलाई हवाइमार्गबाट विराटनगर ल्याउने तयारी गरिएको छ ।

उनलाई पोखराबाट काठमाण्डौ र त्यसपछि सिधै हवाइमार्ग हुँदै विराटनगर ल्याउने तयारी गरिएको स्रोतको दाबी छ । सहकारीको करोडौं रुपैयाँ अपचलन गरि लामो समयदेखी फरार भएका श्रेष्ठ पोखरामा रहेको उनको ‘एलोबेरा जुस फ्याक्ट्रीबाट’ पक्राउ परेको बताइएको छ ।

विराटनगर–९ बाटारोडमा सञ्चालित सहकारीका १ सय ३८ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएपी थापाले जानकारी दिनुभयो । उनीहरुले २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै आएका छन् । सो सहकारीबाट एक जना बचतकर्ताले १० लाख रुपैयाँसम्म बचत गरेका छन् ।

प्रहरीको अनुसार बचतकर्ताको जाहेरी पर्ने क्रम बढ्दै गएको बताएको छ । उनीहरुले सहकारीमा बचत गरेकोे पैसाँ अपचलन गरेका ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरी दिईएका मध्ये सहकारीको घोटला प्रकरणको मुख्य संचालक इश्वर श्रेष्ठ पक्राउ परेका छन् भने अन्य फरार रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३