प्रकाशित : २० श्रावण २०७५, आईतवार १७:०६

विराटनगर, २० साउन । प्रदेश १ मा एक वर्षको अवधिमा एक सय नौ जना बालबालिका अपराधमा संलग्न रहेको पाइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ वर्ष मुनीका एक सय चार जना बालक र पाँच जना बालिका अपराधमा संलग्न रहेको रेकर्ड प्रदेश प्रहरी कार्यालय विराटनगरमा छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, डाँका, जवरजस्ती करणी, करणी उद्योग, केही सार्वजनिक अपराध, लागूऔषध, बालविवाह, विष्फोटन पदार्थ, शिक्षा ऐन, हातहतियार खरखजना, गर्भपतन, चन्दा संकलन, अपहरण लगायतका अपराधमा बालबालिकाको संलग्नता रहने गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डीएसपी सुमन तिमल्सिनाले बताउनु भयो । उहाँका अनुसार अपराधमा संलग्न मध्ये बालिकाको संख्या थोरै र बालकको संख्या उच्च रहेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा झापामा सबै भन्दा बढी अपराधिक घटनामा बालबालिकाको संलग्नता देखिएको छ । झापामा वर्ष भरीमा ५२ जना बालबालिका अपराधमा संलग्न रहेको डीएसपी तिमल्सिनाले बताउनु भयो । जसमा दुई जना बालिका छन् । इलाममा तीन, ताप्लेजुङमा चार, मोरङमा छ, सुनसरीमा ३७, तेह्रथुममा एक, भोजपुरमा दुई, उदयपुरमा दुई, ओखलढुँगा र सोलुखुम्बुमा एक/एक जना बालबालिकाको अपराधिक घटनामा संलग्नता देखिएको डीएसपी तिमल्सिनाले बताउनु भयो । जसमा बालिका संख्या सुनसरी, उदयपुर र तेह्रथुममा एक/एक जना रहेको छ ।

उक्त आर्थिक वर्षमा पाँचथर, धनकुटा, संखुवासभा र खोटाङ जिल्लामा अपराधिक घटनामा बालबालिकाको संलग्नता देखिंदैन । विभिन्न अपराध मध्ये केही सार्वजनिक अपराधका घटनामा बालबालिकाको प्रयोग अत्यधिक रहेको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरी सार्वजनिक अपराधमा एक वर्षमा ४७ जना बालबालिका संलग्न भएका छन् ।

अपराधिक घटना मध्ये आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यानमा दुई, ज्यान मार्ने उद्योगमा एक, चोरीमा १४, जवरजस्ती करणीमा २१, करणी उद्योगमा सात, लागूऔषधमा १७ जना बालबालिका संलग्न रहेको जानकारी रिजालले दिनु भयो । ती मध्ये कर्तव्य ज्यानमा एक र सार्वजनिक अपराधमा चार बालिकाको संलग्नता छ ।

अन्यमा बालिकाको संलग्नता छैन । बालबालिका आफैमा परिपक्व नहुने भएका कारण कोही कसैले प्रयोग गर्ने वा अपराध गर्न उक्साउने गरेको पाइएको रिजालले बताउनु भयो । उहाँले बालबालिकाले अरुको उक्साहटमा लागेर अपराध गर्ने गरेको उहाँको भनाइ छ । अपराधमा संलग्न रहेका बालबालिकालाई विराटनगरमा रहेको बालसुधार गृहमा राखेर घटनाका बारेमा अनुसन्धान गर्ने र कारवाही अघि बढाउने गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३