Breaking News

एभरेष्टमा कक्षा ११ का विद्यार्थीको भव्य स्वागत

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १५:४५

विराटनगर, १८ साउन । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल प्लस टु साईन्स एण्ड मेनेज्मेन्टमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई आज स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीले आज नव आगन्तुक विद्यार्थीको स्वागत गरेका हुन् ।

वद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको हो । आयोजक १२ कक्षाका विद्यार्थीहरुले बाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा सायरीहरु प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए ।

विद्यार्थीहरुको जोडदार प्रस्तुुती देखेर नवआगन्तुक विद्यार्थीहरु हौसिएका थिए भने अतिथिहरु प्रतिभाको प्रशंसा गर्दै रमाइएरहेका थिए ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का प्रमुख दिर्घध्वज चापागाईले एभरेष्टको बाहिर हुने प्रशंसालाई परिक्षाको नतिजा र विद्यार्थीको चौतर्फी क्षमताले पुष्टि गरेको बताउनुभयो ।

विद्यार्थीको कलाको प्रशंसा गरेका चापागाईंले हरेक शिक्षण संस्थाले परिक्षामा विद्यार्थीले दायाँबायाँ हेर्नुपर्ने अवस्था नआउने गरि अध्ययन गराउनुपर्नेमा जोड दिनुभयो । परिक्षा एकनासको नहुने गरेको दृष्टान्त दिँदै प्रमुख चापागाईले अभिभावकले लगानी गरेर राम्रो विद्यालयमा छोराछोरी भर्ना गर्नुको उद्देश्य चिट चोरेर पास गर्ने नहुने भन्दै विद्यार्थीले त्यसमा गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रिन्सीपल टिकाराम पुरीले विद्यालयको लक्ष्य नै अनुसन्धान, नयाँ आविस्कारको विकास गर्दै सर्वोत्कृष्ट हुने रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर नविनतम् अनुसन्धान र खोजलाई समेत सँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । समयसापेक्ष रुपान्तरण हुन आवश्यक रहेको भन्दै अहिलेको समय विज्ञान र प्रविधि सँगै व्यवस्थापनलाई समेत जोडर लैजान आवश्यक रहेको बताउनुभयो ।

उच्च र गुणस्तरीय शिक्षाकै लागि भनेर दैनिक सयौं विद्यार्थी विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै त्यसकालागि एभरेष्टले एउटा इटा थप्ने प्रयत्न गरिरहेको बताउनुभयो । प्रिन्सीपल पुरीले ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको एभरेष्ट फाउण्डेसनको काम चाँडै शुरु हुने र ४ महिनाभित्रै ४२ वटा कोठा निर्माण गरि पढाई शुरु गरिने बताउनुभयो । स्पोर्ट्स भिलेज, स्वीमिङपुललगायतका संरचना सहितको फाउण्डेसनका प्रत्येक कक्षाकोठा वातानुकुलित हुने भएकाले विद्यार्थीले रमाई रमाई सिकाई गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले नवआगन्तुक विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिँदै त्यसकालागि विद्यालयले आवश्यक वातावरण बनाउने बताउनुभयो ।

अहिले मुलुक समृद्धिको दिशातर्फ अघि बढीरहेको चर्चा गर्दै उनले भने,‘यसकालागि दक्ष र सक्षम नागरिकको खाँचो छ, हामी चाहन्छौं त्यो सक्षम र दक्ष उत्पादन तपाईहरु हुनुहोस् ।’ दृढ इच्छाशक्ति भए जस्तोसुकै लक्ष्य हासिल गर्न सक्ने तर्क गरेका अध्यक्ष ढकालले शिक्षकहरुले पनि विद्यार्थीको भावना अनुशार पथ प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्लस टु सञ्चालनकै पहिलो वर्ष कक्षा ११ को व्यस्थापन संकायमा नेपाल प्रथम सहित उत्कृष्ट नतिजा हासिल गरेको एभरेष्टले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा १८ जना ए प्लस,७२ जना ए र २२ जना बी प्लस सहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३