Breaking News

निमोनियाबाट बिरामी हुने बालबालिका बढे

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १७:५४

विराटनगर, १७ साउन । विराटनगरका स्वास्थ्य संस्थामा निमोनियाबाट बिरामी हुने बालबालिकाको संख्यामा बृद्धि भएको छ । उपचारका लागि ल्याइने मध्ये ६० प्रतिशत बढीमा निमोनियाको संक्रमण देखिन थालेको हो ।

एक साता यता विराटनगरका कोसी अञ्चल अस्पताल, विराटनगर अस्पताल, नोवेल मेडिकल कलेज, सुरक्षा अस्पताल लगायतका ठूला तथा साना अस्पताल र स्वास्थ्य संस्थामा निमोनियाको संक्रमण भएका बालबालिकाको संख्या अत्यधिक रहेको छ ।

कोसी अञ्चल अस्पताल विराटनगरका बरिष्ठ बाल रोग विशेषज्ञ डा. विमल अग्रवालका अनुसार एक साता यता निमोनियाका कारण बिरामी भएर उपचारका लागि ल्याइने दुई वर्ष मुनिका बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।

अस्पतालको ओपीडीमा उपचारका लागि दैनिक ल्याइने एक सय ५० जना बालबालिका मध्ये ८० जनामा यस्तो समस्या देखिने गरेको उहाँको भनाइ छ । यस अघि दैनिक पाँच देखि १० जनामा मात्र यस्तो समस्या देखिने गरेको थियो ।

चिकित्सकका अनुसार बेलैमा सचेत भएर उपचार नगरिए निमोनियाले ज्यानै पनि लिन सक्छ । सामान्य अवस्थामा भन्दा बालबालिकामा अहिले देखिएको समस्या अलि जटिल रहेको अग्रवालको भनाइ छ । मौसम परिवर्तन, शुद्ध पिउने पानीको अभाव, खानपान र सरसफाईमा ध्यान नदिनु मुख्य कारण रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३