प्रकाशित : १७ श्रावण २०७५, बिहीबार १३:०२

विराटनगर, १७ साउन । पूर्वाञ्चल क्षेत्रको कुल खेती योग्य जमिन मध्ये ७९ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको छ । अघिल्लो बर्ष यही अबधिमा ६८ प्रतिशत क्षेत्रमा मात्र धान रोपाई सकिएको थियो ।

यो बर्ष सुरुवाती मौसम राम्रो रहेको र केही क्षेत्रहरुमा सिचाईको पनि सुविधा थपिएका कारण अघिल्लो बर्षको तुलनामा बढी रोपाई भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि अधिकृत राजेन्द्र उप्रेतीले बताउनुभयो ।

सोलुखुम्बुमा सबै भन्दा बढी ९९ प्रतिशत र सप्तरीमा सबै भन्दा कम ५० प्रतिशत रोपाई भएको छ । सोलुखुम्बुमा कुल एक हजार ५२५ हेक्टर खेती योग्य जमिन मध्ये एक हजार ५०९ हेक्ट क्षेत्रा र सप्तरमा कुल ७० हजार हेक्टर मध्ये ३५ हजार हेक्टर क्षेत्रमा बुधबार सम्ममा धान रोपाई सकिएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

जिल्ला गत हिसावले ताप्लेजुङमा ९३ प्रतिशत, संखुवासभामा ८० प्रतिशत, सोलुखुम्बुमा ९९ प्रतिशत, पाँचथरमा ८३ प्रतिशत, इलामा ६५ प्रतिशत, भोजपुरमा ८५ प्रतिशत धनकुटामा ७५ प्रतिशत, तेह्रथुममा ७७ प्रतिशत रोपाई सकिएको कार्यालयले जनाएको छ ।

त्यस्तै उदयपुरमा ७० प्रतिशत, ओखलढुङ्गामा ६७ प्रतिशत, खोटाङ्गमा ८५ प्रतिशत,भाmपामा ९० प्रतिशत,मोरङ्गमा ८७ प्रतिशत, सुनसरीमा ९५ प्रतिशत, सप्तरीमा ५० प्रतिशत र सिराहमा ७५ प्रतिशत रोपाई सकिएको बताइएको छ ।

पूर्वाञ्चलका १६ जिल्लामा कुल चार लाख ६६ हजार २ सय ८६ हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त रहेकोमा बुधबार सम्ममा तीन लाख ६९ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ ।

भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रको २४ हजार १ सय १३ हेक्टर क्षेत्रफल मध्ये २० हजार ७ सय १५ हेक्टर, मध्य पहाडी क्षेत्रको ९० हजार ९१६ मध्ये ६९ हजार ५ सय ४२ हेक्टर र तराई क्षेत्रको कुल तीन लाख ५१ हजार २५७ हेक्टर मध्ये दुई लाख ७९ हजार ७ सय ३९ हेक्टर क्षेत्रमा धान रोपाई भएको उक्त कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३