प्रकाशित : १६ श्रावण २०७५, बुधबार १४:१५

विराटनगर, १६ साउन । विराटनगरमा रहेको भारतीय राजदूतावासको सम्पर्क कार्यालय आजबाट संधैका लागि बन्द गरिएको छ ।

भारतले १० वर्षदेखि अवैध रुपमा विराटनगरमा भारतीय फिल्ड अफिस संचालन गर्दै आएको थियो । नेपाल सरकारले पटक पटक कार्यालय हटाउन आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो ।

काठमाडौं स्थित भारतीय राजदूतावासले विज्ञप्तिनै जारी गरेर विराटनगरको राजदूतावास सम्पर्क कार्यालयबाट हुँदै आएका काम कारवाही अवदेखि काठमाडौंबाटै हुने जनाएको छ ।

सप्तकोसी नदीले बाँध फुटाएर ठूलो क्षति पुर्याएका बखत भारतीय बाटो प्रयोग गर्ने नेपाली सवारी साधनलाई रुट परिमिट दिन र बाढीबाट उत्पन्न परिस्थितीको सामान गर्ने लगायतका बहानामा कार्यालय खोलिएको थियो ।

सप्तकोसी पुल संचालनमा आएको एक दशक सम्म पनि उक्त कार्यालय हटाइएको थिएन । पछिल्लो सरकारले बारम्बार आग्रह गरेपछि भारतीय पक्ष उक्त फिल्ड अफिस हटाउन तयार भएको थियो ।

फिल्ड अफिस हटेपछि त्यहाँ रहेका कर्मचारीको स्थानान्तर गरिएको नेपाल स्थित भारतीय राजदूतावासले जनाएको छ ।

गत बैशाख २८ र २९ मा भएको नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्ड अफिस हटाउन निर्देशन दिनु भएको थियो । फिल्ड अफिसले संवेदनशिल सूचना संकलन गरेर काठमाडौंस्थित भारतीय दूतावासमा पठाउने गरेको आरोप लाग्ने गरेको थियो ।

त्यहाँबाट चिनियाँ नाकासम्मको गतिविधि हेर्नेदेखि पूर्वी नेपाल र मधेशमा राजनीतिक चलखेलसम्मका गतिविधि हुने गरेको आरोप थियो । उक्त कार्यालय अगाडि यस अघि बम पनि विष्फोट गराइएको थियो ।

विष्फोटमा विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको दावी प्रहरीले गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३