प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १८:४३

विराटनगर, १५ साउन । बाढीबाट मानविय तथा भौतिक हुन नदिनका लागि प्रदेश नम्बर १ का विभिन्न खोला र नदीहरुका आसपासमा प्रहरीले उच्च सर्तकता अपनाउन थालेको छ ।

बर्खाको समयमा आउने बाढीले विगतमा बढी मात्रामा मानविय तथा भौतिक क्षति पुर्याउँदै आएका र पुर्याउन सक्ने सम्भावना रहेका खोला तथा नदी आसपासका विभिन्न प्रहरी युनिटमा पौडी खेल्न जान्ने दक्ष प्रहरी लगेर राखिएको छ । प्रदेशमा रहेका १४ वटा जिल्लाका विभिन्न प्रहरी युनिटमा कार्यरत रहेका र पौडी खेल्न जान्ने प्रहरीलाई बाढीले पुर्याउने मानविय क्षति हुन नदिनकै लागि खोला र नदी आसपासका युनिटमा लगेर राखिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले बताउनु भयो ।

प्रदेश भरीमा रहेका पौडी खेल्न जान्ने प्रहरीको खोजी गरेर ल्याउँदै तराईमा रहेका खोला आसपासका युनिटमा राखिएको जानकारी रिजालले दिनु भयो ।

खोला आसपासका युनिटमा परिचालित पौडी खेल्न जान्ने प्रहरीले कुनै ठाउँमा आएको बाढीले मानिस बगाएको वा डुबाएर बाढीबाट बाहिर निस्कन सक्ने अवस्था नभएर ज्यान जान सक्ने जोखिममा परेकाहरुलाई पौडी खेल्दै गएर जीवितै उद्धारको प्रयास गर्ने उहाँको भनाइ छ । खोला तथा नदीमा पौडी खेल्न जान्ने प्रदेश भरीमा कार्यरत दुई सय ८० जना पौडीबाज प्रहरीको पहिचान गरेर उनीहरुलाई खोला नदी आसपासका युनिटमा खटाइएको छ । जसमा ३७ महिला प्रहरी छन् ।

उनीहरुलाई उद्धारका लागि आवश्यक पर्ने सामग्री सहित तयारी अवस्थामा राखिएको रिजालले बताउनु भयो ।

उहाँले आंशिक रुपमा पौडी खेल्न जान्ने ८१ जना प्रहरीलाई अहिले पौडी खेल्ने तालिम दिएर पौडीका लागि थप दक्ष बनाउने काम भइरहेको जानकारी पनि दिनु भयो । प्रदेशका विभिन्न स्थानीय तहसंग समन्वय गरेर दैविक प्रकोपका बेला उद्धार गर्न आवश्यक पर्ने उद्धार सामग्री पनि प्रहरी युनिटमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३