प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १८:४१

विराटनगर, १५ साउन । मोरङबाट यसबर्ष २६ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन । काठमाण्डौबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई आज विराटनगरबाट विदाई गरिएको छ ।

कौमी एकता समाज नेपालले सम्मान तथा विदाई कार्यक्रमको आयोजना गर्दै हजयात्रीलाई विदाई गरेको हो । प्रदेशसभा सदस्य जयराम यादव, कौमी एकता समाजका अध्यक्ष इर्साद अन्सारी र उपाध्यक्ष मोहम्मद नसरुलले उहाँहरुलाई फूलमालासहित शुभकामना दिएर विदाइ गर्नुभयो ।

मोरङबाट १४ पुरुष र १२ जना महिला गरी २६ जना हजयात्री साउदी अरब जान काठमाडांै गएका छन । साउन १७ गते हजयात्रीले त्यहाँबाट प्रस्थान गर्ने तालिका छ ।

हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समितिले प्राविधिक संयोजन गरिरहेको छ । इस्लामधर्मका पाँच आधारस्तम्भ मध्ये हजलाई मुख्य मानिन्छ ।

प्रत्येक मुसलमानको जीवनसँग हज धार्मिक एवम् ठूलो पुण्यप्राप्ती हुने, जीवनको सफलतासँग गाँसिएको हुन्छ ।

हजयात्रामा गएका तीर्थालुहरुले बकर इदको दुईदिन अगाडि साउदी अरबको मक्कादेखि पाँच किलोमिटर पूर्वको मीना मैदानमा भेला भएर इद–अल–अधा पर्व मनाउँछन् भने बाँकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी हज मनाउँछन । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३