प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १८:५०

विराटनगर, १४ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका २ का ३१ वर्षीय सुजन नेपालले तीन दिन अघि निलेको सवा तोला सुनको सिक्री उनले गरेको दिसाबाटै निस्किएको छ ।

अस्पतालमा एक्स्रे गर्दा उनको पेटमा देखिएको सिक्री आज विहान ११ बजे बाहिर निस्किएको हो । दिसा गर्ने क्रममा दिसासंगै सिक्री बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार साँझ विराटनगर ९ जलजला चोक स्थित राठी सुनचाँदी पसलमा सिक्री किन्न भनेर गएका नेपालले पसल संचालकले दिएको उक्त सिक्री निलेर आफूसंग रहेको नक्कली सिक्री फिर्ता दिएका थिए । फिर्ता दिएको सिक्री नक्कली भएको थाहा पाएर पसल संचालकले प्रहरीलाई खवर गरेपछि प्रहरीले अस्पतालमा लगेर नेपालको पेटको एक्स्रे गराएको थियो ।

एक्स्रेपछि सक्कली सिक्री नेपालको पेट भित्रै रहेको पुष्टि भएको थियो । पेट भित्र रहेको सिक्री निकाल्नका लागि उनलाई विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा प्रहरी र चिकित्सकको निगरानीमा राखेर चाँडो चाँडो दिसा लगाउने ‘ल्याक्टोलोज’ नामक औषधि दिइएको थियो ।

औषधि खाइसकेपछि आज विहान सम्ममा नेपालले चौथो पटक दिसा गरेको र त्यही दिसासंगै सिक्री निस्किएको प्रहरीले जनाएको छ ।

दिसा गरेर सिक्री बाहिर निस्कन साथ चोरी गर्ने मनासयले सुनको सिक्री निलेको भन्दै नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी विरुद्ध चोरी मुद्धा चलाउन आज अदालतबाट सात दिनको म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३