प्रकाशित : १४ श्रावण २०७५, सोमबार १३:३४

विराटनगर, १४ साउन । प्रदेश १ मा अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाका सवालमा उत्कृष्ट काम गर्ने प्रहरीको फोटो सहितको विवरण सबै प्रहरी युनिटमा राखिने भएको छ ।

सर्वोत्कृष्ट काम गर्ने मध्ये एक जना प्रहरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले हरेक महिना ‘पुलिस अफ दी मन्थ’ को उपाधिबाट पुरस्कृत गर्दै आएको थियो ।

अव प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयले पनि जिल्लामा उत्कृष्ट काम गर्ने प्रहरीलाई अव प्रत्येक महिना ‘पुलिस अफ दी मन्थ’ घोषित गर्नु पर्ने छ । चार वर्षदेखि यो काम प्रदेश प्रहरी कार्यालयले मात्रै गर्दै आएको थियो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालको निर्देशनमा सबै जिल्ला प्रहरी कार्यालयले जिल्लाभरमा उत्कृष्ट काम गर्ने प्रहरीलाई ‘पुलिस अफ दी मन्थ’ बाट सम्मान गर्नु पर्ने छ ।

त्यस मध्येबाट पनि सर्वोत्कृष्ट काम गर्ने एक जनालाई प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘वेष्ट पुलिस अफ दी मन्थ’ बाट प्रत्येक महिना पुरस्कृत गर्ने डीआईजी रिजालले बताए ।

तत्कालिन पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा डीआईजी नवराज सिलवाल हुँदा २०७० सालबाट उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रत्येक महिना ‘पुलिस अफ दी मन्थ’ बाट पुरस्कृत र सम्मानित गरिंदै आएको थियो ।

डीआईजी रिजालले निर्देशिका संशोधन गरेर अवदेखि प्रदेश भरीबाट सर्वोत्कृष्ट काम गर्ने मध्ये एक जनालाई प्रत्येक महिना ‘वेष्ट पुलिस अफ दी मन्थ’ बाट पुरस्कृत गरिने बताउनु भयो ।

उहाँका अनुसार सबै जिल्ला प्रहरी कार्यालयले प्रत्येक महिना राम्रो काम गर्ने मध्येबाट उत्कृष्ट छनौट गरेर विवरण सार्वजनिक गर्नु पर्ने छ । त्यसबाट प्रदेश प्रहरी कार्यालयले सर्वोत्कृष्ट छनौट गर्ने छ ।

उत्कृष्ट र सर्वोत्कृष्ट घोषित भएकाले गरेको काम र फोटो सहितको तीन पुस्ते विवरण खुलाएर सबै इलाका र जिल्ला प्रहरी कार्यालयको मुल गेटमा टाँसेर सार्वजनिक गरिने रिजालले बताउनु भयो । यसैबीच झापा स्थित इलाका प्रहरी कार्यालय काँकडभित्ताका डीएसपी टंकप्रसाद भट्राईलाई असार महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ को उपाधिबाट पुरस्कृत गरिएको छ ।

उत्कृष्ट छनौट निर्देशिका संशोधन गर्दै प्रदेश भरीबाट सर्वोत्कृष्ट कार्य गर्ने प्रहरीको एक महिनाको कामको विवरण अध्ययन गर्दै प्रदेश प्रहरी कार्यालयले भट्राईलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।

सर्वोत्कृष्ट घोषित भट्राईको फोटो सहितको विवरण र उहाँले गरेका कामको फेहरिस्त खुलाएर प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा राखिएको छ ।

उक्त विवरण प्रदेशका सबै १४ वटै जिल्ला प्रहरी कार्यालय र अन्य प्रहरी युनिटहरुको मूल गेटमा पनि फ्लेक्स प्रिन्ट गरेर राखिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३