Breaking News

डिडिसीले नयाँ उत्पादन ल्याउँदै

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार ११:५६

विराटनगर, १३ साउन । विराटनगर स्थित दुग्ध बितरण आयोजनाले थप नयाँ प्रोडक्ट बजारमा लैजाने तयारी गरिरहेको छ । परियोजनाले गर्मीको मौसमलाई लक्षित गरी बजारमा दुई सय एमएलको बोतलमा फ्रेस मिल्क ल्याउन लागेको बताएको छ ।

गुलियो स्वादमा आउने यो नयाँ प्रोडक्ट एक हप्ता भित्रै बजार आउने बताइएको छ ।

अन्य कम्पनीका चिसो पेय पदार्थको सट्टमा उपभोक्ताले आफ्नै उत्पादनको प्रयोग गरुन भनेर यो नयाँ उत्पादन बजारमा लैजान लागिएको आयोजनाका निमित्त प्रमुख निलकण्ठ गौतमले बताउनुभयो । उक्त आयोजनाको विराटनगर कार्यालयले दही, पनिर, आईसक्रिम, बटर, सल्टेट बटर, रसभरी, घिउ, पाउडर दुध तथा दुध विक्रि वितरण गर्दै आएको छ ।

परियोजनाका विराटनगर कार्यालयले पूर्वी नेपालको इलाम, पाँचथर, मोरङ, धनकुटा, तेह्रथुम र सुनसरीको विभिन्न ग्रमीण क्षेत्रबाट दुध संकलन गरी विराटनगर, इटहरी, धरान र इनरुवा जस्ता बजार क्षेत्रमा विक्रि वितरण गर्दै आएको छ ।

तर पछिल्लो दिनमा सञ्चालनमा आएका निजी दुध डेरी र खुल्ला विक्रि केन्द्रहरुका कारण शहरी क्षेत्रमा परियोजनाको दुधको माग बर्षेनी कम हुँदै गएको विराटनगर स्थित परियोजना कार्यालयका सूचना अधिकृत शिबकुमार श्रेष्ठ बताउनुहुन्छ ।

“गएको बर्ष यही सिजनमा उक्त कार्यालयले दैनिक झण्डै १२ हजार लिटर दुधको दुग्धजन्य पदार्थ विक्रि वितरण गर्थ्यो, तर अहिले घटेर नौ हजार लिटरमा झरेको छ ”– उहाँले भन्नुभयो ।

परियोजनाका गुणस्तरीय दुधको तुलनामा खुल्ला विक्रिकेन्द्रमा पाईने कम गुणस्तरको दुध सस्तो पर्ने र सजिलै पाईने भएपछि उपभोक्ताहरुको आकर्षण पनि उतै बढको श्रेष्ठको दाबी छ ।

अहिले परियोजनाले पूर्वका विभिन्न जिल्लाहरुबाट झण्डै दैनिक ४० हजार लिटर सम्म दुध संकलन गर्दै आएको छ ।

गत बषै यही सिजनमा परियोजना दैनिक झण्डै २२ हजार लिटर दुध संकलन गर्दथ्यो । अहिले दुधको लिन सिजन ( दुध कम उत्पादन हुने सिजन) भएर पनि पहाडी क्षेत्रमा दुधको फ्लो निकै रहेको आयोजनाका निमित्त प्रमुख गौतम बताउनुहुन्छ ।

विभिन्न मुलुकहरुमा छुर्पीको निर्यात बन्द भएको र झपाबाट भारतको सिल्लीगुडी तर्फ निर्यात हुने दुधमा भारत सरकाले कर बढाएपछि त्यो पनि बन्द भएपछि नेपाली बजारमा दुधको मात्रा बढ्न गएको जनाकारहरु बताउछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३