प्रकाशित : १३ श्रावण २०७५, आईतवार ११:५३

विराटनगर, १३ साउन । अघिल्लो बर्षहरुका तुलनामा आर्थिक बर्ष २०७४/०७५ मा पेट्रोलियम पदार्थको खपत अत्यधिक बढेको छ । त्यसमा पनि डिजलको खपत अघिल्लो आर्थिक बर्ष २०७३/०७४ को तुलनामा गएको आ.ब.मा एक तिहाईले बृद्धि भएको छ ।

तीनै तहको निर्वाचनपछि विकास निर्माणका कामले गति लिएका कारण डिजेलको खपतमा बृद्धि भएको जानकारहरु बताउँछन् । नेपाल आयल निगमको विराटनगर स्थित १ नं प्रदेश कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७३/०७४ को तुलनामा आ.ब . २०७४/०७५ मा डिजेलको खपत ५४ हजार ३१३ केएलले बढी भएको छ । उक्त कार्यालयको डिपोबाट आ.ब २०७३/एक लाख ६६ हजार ६३७ केएल डिजेल बिक्रि भएकोमा आ ब २०७४/०७५ मा त्यसको मात्रा बृद्धि भई दुई लाख २० हजार ९ सय ५३ केएल पुगेको छ ।

त्यस्तै पेट्रोलको खपत पनि अघिल्लो आ.ब. को तुलनामा गएको आ.ब.मा बृद्धि भएको छ । आ.ब. २०७३/०७४ उक्त कार्यालयबाट ५१ हजार ९७० के एल पेट्रोल बिक्रि भएकोमा आ.ब २०७४/०७५ मा त्यसको मात्रामा बृद्धि भई ६४ हजार १४१ के एल पुगेको छ । त्यस्तै मट्टीतेलको खपतमा पनि अघिल्लो बर्षको तुलनामा गएको बर्षमा केही बढेको छ ।

२०७३/०७४ तीन हजार २९७ के एल मट्टीतेल विक्रि भएकोमा आ ब २०७४/०७५ बढेर तीन हजार ९१२ केएल पुगेको छ ।

यसरी निर्वाचन पछि विकास निर्माणले गति लिएको, लोडसेडिङका कारण औद्योगिक क्षेत्रमा पेट्रोलियम पदार्थको प्रयोग र कृषि क्षेत्रमा समेत मेसीनरी उपकरणको बढ्दो प्रयोग र हरेक बर्ष यातायात क्षेत्रमा थपिएका सवारीसाधानका चापका कारण पेट्रोलियम पदार्थको खपतमा बृद्धि भएको कुरा निगमका १ नं प्रदेश कार्यालय विराटनगरका प्रमुख खनालको भनाई छ ।

निगमको उक्त कार्यालयले पूर्बको मेची अञ्चल बाहेक पूर्वको बिभिन्न १२ जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३