Breaking News

जबरजस्ती उपचार गर्ने संजीवनीमा महिलाकोे मृत्यु

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १७:२७

विराटनगर, १२ साउन । थप उपचारको लगि रेफर गर्नुपर्ने विरामीलाई समेत पैसाको लोभमा जर्वजस्ती उपचार गराउने विराटनगरमा रहेको संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टरमा एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

सामान्य टाउको दुखेर उपचार गर्न आएकी भारत अरेरिया जिल्लाको कुसमाग्राम पन्चायतकी २५ वर्षिय आयूसा खातुनको आज मृत्यु भएको हो । सो हस्पिटलको लापारबाहीको कारणले गर्दा विरामीको मृत्यु भएको पीडितका आफन्तको आरोप छ ।

नोवेल अस्पतामा उपचारको लागि गएका खातुनलाई दलालले बिहीबार साझ संजिवनीमा पुर्याएको आयूसाको सासु बतुलम खातुनले बताउनुभयो । ‘बुहारीको टाउँको दुख्य भनेपछि नेपालको हस्पिटल तिर लगेको थिइम,’ उहाँले भनिन, ‘संजीवनीमा ल्याउने बितिकै सामन्य विरामीलाई समेत भेन्टिलेसनमा राख्यो ।

उपचारमा लापरबाहीले गर्दा बुहारीमको मृत्यु भयो । अस्पतालमा कार्यरत चिकित्सवले कहिले सोध्दा दिउँसो छ भन्छ कहिले मरो भन्दै मानसिक रुपमा समेत तानव दियो,’ बतुलमले भनिन् ।’ सातुनको २ छोरा र एक छोरी रहेको छ ।

यस अघि पनि एक महिना अगाडी हस्पिटलको लापरबाहीले गर्दा विराटनगरका नगमा खातुनको मृत्यु भएको थियो । यता हस्पिटलका सञ्चालक बिनायक पन्तले रिफर भएर आएको विरामीको अवस्थामा गम्भिर भएकोले उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।

बारम्बार विवादमा पर्दै आएको संजीवनी हस्पिटलले यस अघि हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा विरामी अन्यत्र रेफर गरेको भन्दै डाक्टरलाई ५० हजार रुपैयाँ जरिवना गरि कामबाट निकालेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३