प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार १२:५३


विराटनगर, ११ साउन । गुरु पूर्णीमाको अवसरमा आज विराटनगरको मिल्स माविका पुर्व शिक्षकहरुलाई सम्मानित गरिएको छ ।
मिल्स मावि २०३८ सालको एसएलसी व्याचले ७ जना पुर्व शिक्षकहरुलाई सम्मानित गरेको हो ।
सम्मानित हुनेहरुमा सुधाकर ठाकुर, देवीप्रसाद दाहाल, विश्वेश्वर शाह, सुर्यनारायण यादव, मोहनलाल ठाकुर, कौशल्या थापा र सम्पूर्णानन्द दास रहनु भएको छ ।
पुर्व शिक्षकहरुलाई वडा नं. १६ का वडाध्यक्ष मनोज सुब्बा लगायतले सम्मानित गर्नु भएको थियो ।
कार्यक्रममा मिल्स मावि २०३८ सालको एसएलसी व्याच समूहका अध्यक्ष लक्ष्मी राई, प्रधानाध्यापक कृष्णमोहन श्रेष्ठ, पुर्व प्रअ दिनेश श्रेष्ठ लगायतले बोल्नु भएको सचिव अनुज बाँनियाले जानकारी दिनुभयो ।