प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार १८:३८

विराटनगर, ८ साउन । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ ले आज मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ । अपाङ्गता भएका व्यक्तिका सवाललाई समावेशीकरण गराउन र संघीय स्तरमा वनेका नीति, नियम, कानूनहरुको कार्यन्वयन गराउने उद्देश्य सहित प्रदेश सरकारलाई ज्ञापन पत्र बझाएको कार्यक्रम अधिकृत विमल वस्नेतले जानकारी दिनुभयो ।

संघीय सरकारले स्वीकार गरिसकेका अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई कार्यन्वयन गर्नका लागि मुख्यमन्त्री राई समक्ष ज्ञापन पत्र बुझाईएको कार्यक्रम अधिकृत वस्नेतले बताउनुभयो ।

मुख्यमन्त्री राईलाई अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संवन्धि ऐन २०७४ पूर्ण रुपमा कडाईका साथ कार्यन्वयन गर्नुपर्ने, सार्वजनिक संरचनाहरु निर्माण गर्दा सर्वमान्य अनुसार निर्माण गर्न परिपत्र तथा निर्देशन दिनुपर्ने, प्रदेश सरकारले निर्माण गर्ने ऐन, कानून र नीति नियमह बनाउँदा राष्ट्रिय अपांग महासंघ प्रदेश नं. १ लाई पनि समावेश गर्नुपर्ने लगायतका २२ बुँदे ज्ञापन पत्र बुझाईएको छ ।

राष्ट्रिय अपांग महासंघले भोली र पर्सी प्रदेश स्तरका मन्त्रालयलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कार्यक्रम अधिकृत बस्नेतले वताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३