प्रकाशित : ८ श्रावण २०७५, मंगलवार ११:२४

विराटनगर, ८ साउन । जिल्ला बन कार्यालय मोरङले आर्थिक बर्ष २०७४/७५ मा विभिन्न शिर्षकबाट ९ करोड २८ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयबाट संकलित रकममा बन तथा बन पैदावर बापत प्राप्त आयको सबै भन्दा बढी हिस्सा रहेको कार्यालयले जनाएको छ । उक्त शिर्षकबाट कार्यालयले रु आठ करोड ८२ लाख २४ हजार आम्दानी गरेको छ । कार्यालयले प्राप्त गरेको सो आम्दानी गएको आबमा कार्यालयको कुल आयको झण्डै ९५ प्रतिशत हुन आउँछ ।

जिल्ला बन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरका अनुसार कार्यालयले आब भरीमा घर काज र सार्वजनिक स्थलको निर्माणका लागि सर्वसाधारणलाई काठका गोलिया विक्रि गरेबापत प्राप्त राजस्व, धार्मिक, कृषि औजार र दाहासस्कारका लागि काठ तथा दाउरा विक्रिबाट प्राप्त आम्दानीलाई उक्त शिर्षकमा समावेश गरिएको हुन्छ ।

उक्त कार्यालयले उक्त आबमा आपूर्तिबाट ५४९ व्यक्तिलाई प्रति व्यक्ति ५० के बी का दरले घर काजका लागि काठका गोलिया विक्रि गरेको थियो ।

त्यस्तै धार्मिक, कृषि औजार र दाहासस्कारका लागि पनि ८५.४५ चटाल दाउरा विक्रि गरेको थियो ।
त्यस्तै उक्त कार्यालयले विभिन्न मुद्धामा दण्ड जरिवाना गरी न्यायिक दस्तुर बापत रु १० ३३ हजार अन्य प्रशासनिक सेवा शुल्क बापत रु सात लाख ९५ हजार र बेरुजु बाट रु २८ लाख २५ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

“बन कार्यालयले गएको अब २०७४/७५ मा बनसँग सम्बन्धित विभिन्न ३७ वटा मुद्धाको किनरा लगाएको थियो भने अघिल्लो बर्षका केही बाँकी बकौता पनि असुली गरेको छ” – सुचना अधिकृत ठाकुरले भन्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३