प्रकाशित : ८ श्रावण २०७५, मंगलवार ११:१८


विराटनगर, ८ साउन । अचारको रुपमा धेरैले मन पराउने सिद्रा देखि मासुजन्य पदार्थका लागि प्रयोग गरिने रागा/भैसी, खसी/बोका होस वा सुगुर/बगुर पनि भारतबाटै आयत हुने गर्दछ ।
विगत बर्षहरुमा जस्तै गएको आर्थिक बर्ष २०७४/७५ मा पनि पूर्वी नेपालका विभिन्न नाका भएर यस्ता मासुजन्य पदार्थका लागि प्रयोग गरिने बस्तुहरु नेपाल भित्रिएको पशु क्वारेन्टाईन कार्यालय विराटनगरले जनाएको छ । उक्त कार्यालयले जनाए अनुसार गएको आब २०७४/७५ मा १४ हजार ४६५ खसी/बोका, दुई हजार ३४ रागा/भैसी, एक हजार ६९४ सुगुर/बगुर, ६४ वटा गाई, चार लाख ६५ हजार माछाका भुरा, सिद्रा १८ दशमलब ५ मेट्रिक टन, नेपाल भित्रिएका छन् ।
त्यस्तै खाने माछा एक हजार ७८९ एकोरियम माछा चार हजार ९०० मिनिरल मिक्सचर एक हजार २३ मेट्रिकटन र घोडा १० वटा भित्रिएका छन् ।
पूर्वी नेपालको माडर (सिरहा), भन्टाबारी, बिराटनगर नाका भएर भित्रिएका यी मासुजन्य पदार्थहरु यस क्षेत्र विभिन्न बजारमा पुग्ने गर्दछन ।
विभिन्न बजारहरुमा माछा र मासुको पाक्ने खसी÷बोका होस वा माछा प्रयाजसो भारतीय बजारबाटै आउने गरेको होटल व्यवसायिहरु बताउँछन । बिराटनगर र त्यसको आसपासको बजारमा पाक्ने माछा ७० प्रतिशत भन्दा बढी भारतबाटै आउने गरेको व्यवसायिहरुको दाबी छ ।
यता नेपालबाट भने दुग्धजन्य पदार्थ भारत तर्फ निकासी भएको छ । उक्त कार्यालयका अनुसार गएको आ ब २०७४/मा २० मेट्रिन दुध, ३४ मेट्रिक टन दही, र २०५ किलो घ्यू नेपालबाट भारततर्फ निकासी भएको छ ।