प्रकाशित : ८ श्रावण २०७५, मंगलवार ११:१२

विराटनगर, ८ साउन । समयमै प्राविधिक व्यवस्थापन गर्न नसक्ता सोमबारदेखि वडा कार्यालयहरुबाटै कर संकलन गर्ने भन्ने विराटनगर महानगर पालिकाको पूर्बघोषित कार्यक्रम कार्यन्वयन हुन सकेन ।

उक्त कार्यको आन्तरिक व्यवस्थापन गर्न महानगरले एक साताको समय अवधि निर्धारण गरी साउन १ देखि ७ गते सम्म कर संकलनका सबै कार्य स्थगित गरेको थियो ।

तर त्यस अबधिमा नयाँ सफ्टवेयर निर्माण र आवश्यक जनशक्तिको व्यवस्थापन गर्न नसकेकाले पूर्बघोषित कार्यक्रम सबै वडामा कार्यन्वयन गर्न सकिएको विराटनगर महानगरपालिकाका सूचना अधिकृत नन्दीकेशर भण्डारीले बताउनुभयो ।

पूर्वघोषित कार्यक्रम अनुसार महानगरका १, २ र ३ नं वडामा सोमबार देखिनै कर संकलन गर्ने कार्य सुरु भइसकेको र बाँकी वडामा तीन दिन भित्रमा कार्य सूचारु गरिने उहाँले बताउनुभयो । पहिले बिराटनगर महानगरपालिकाले घर जग्गा कर संकलन गर्दै आएकोमा चालु आ.ब. देखि अर्थमन्त्रालयको निर्देशन बमोजिम मालपोत र सम्पति कर संकलन गर्ने छ ।

पूर्बघोषित कार्यक्रम अनुसार वडा कार्यालयहरुबाट कर संकलन गर्ने कार्य सूचारु गर्न नसकेपछि तत्कालका लागि महानगरको राजस्व महाशाखाबाटै कर संकलनको अस्थाई व्यवस्थापन मिलाईएको छ । एक साता देखि नयाँ आर्थिक बर्षको कर तिर्न आतुर भएका सेवाग्राहीहरु सोमबार कार्यालय खुल्न साथ सबै वडा कार्यालयमा पुगेका थिए ।

तर वडा कार्यालयका कर्मचारीहरुले पूर्बघोषित कार्यक्रम अनुसार महानगरको राजस्व महाशाखाले वडा कार्यालयहरुमा कुनै रेकर्ड र प्राविधिक जनशक्ति नपठाएको भन्दै सेवा ग्राहीहरुलाई महानगर कार्यालयमै पठाइ दिएका थिए । तर महानगर राजस्व महाशाखाका कर्मचारीहरु पनि चालु आबको कर संकलन गर्ने अधिकार आफुहरुलाई नभएको भन्दै सेवाग्राहीहरु समक्ष अन्योलता प्रदर्शन गरेका थिए ।

महानगरपालिकाले २३ करोड असुल्यो
विराटनगर महानगरपालिको गएको आर्थिक बर्ष २०७४/७५ मा आन्तरिक श्रोत परिचालनबाट २३ करोड पाँच लाख पाँच हजार राजस्व संकलन गरेको छ ।

उक्त संकलित रकम महानगरले सोही आ.ब.का लागि लिएको लक्ष्य भन्दा चार करोड ९ लाख ३४ हजार कम हो । महानगरले गएको आ.ब.का लागि २७ करोड १४ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

विराटनगर महानगरले गएको आ.ब.मा सबै भन्दा बढी घर जग्गा कर बाट सबै भन्दा बढी ९ करोड २३ लाख ७२ हजार संकलन गरेको छ

जुन रकम लक्ष्य भन्दा ७३ लाख मात्र कम हो घर जग्गा कर पछि नक्सा पास दस्तुरबाट उठेको रकम दोस्रो स्थानमा रहेको महानगरका कर महाशाखा प्रमुख अर्जुन थपलियाले बताउनुभयो, जसबाट महानगरले दुई करोड ६९ लाख ८४ हजार संकलन गरेको छ ।

त्यस्तै व्यवसाय करबाट दुई करोड ११ लाख ८६ हजार, मालपोत तथा भूमि करबाट एक करोड २५ लाख ४० हजार, बहाल करबाट एक करोड १९ लाख तीन हजार, सिफारिस तथा बक्सौनी दस्तुरबाट एक करोड ११ लाख ८४ हजार, दण्ड तथा जरिवानाबाट एक करोड ४६ लाख ८८ हजार कर संकलन गरेको राजस्व महाशाखाले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३