Breaking News

विराटनगरमा सिलिण्डर पड्केर आगलागी

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १८:४०

विराटनगर, ४ साउन । विराटनगर–५ चाँदनीचोकस्थित एक घरमा आज बिहान आगलागी भएको छ । आगलागीबाट स्थानीय सुनिता शर्माको घर जलेको छ ।

घरमा कोहि नभएको समयमा भएको आगलागीबाट घरभित्रका फर्निचरसहितका सबै सामान जलेको छ । सिमेन्ट, काठ र जस्ताले बनाइएको घर आगालागीबाट पुरै क्षतिग्रस्त भएको छ । शर्माले घरको सिलिण्डर पड्केर आगलागी भएको दाबी गर्नुभएको छ । उहांले आफुले अर्का एक ब्यक्तिलाई भाडामा दिएको कोठाभित्रबाट आगलागी भएको जानकारी दिनुभयो ।

आगलागीको क्रममा दुईवटा सिलिण्डर पड्किएको र त्यसको आवाज टाढासम्म सुनिएको स्थानीयले बताएका छन । पड्केको सिलिण्डरले घरको छाना छेडेको छ भने धुजाधुजा भएको सिलिण्डरका टुक्राहरु छरिएको अवस्थामा भेटिएको छ ।

आज बिहान १० बजे भएको आगलागी विराटनगर महानगरपालिकाको दमकल, स्थानीय प्रहरी र छरछिमेकको सहयोगमा निभाइएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३