Breaking News

बाल विवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता आवस्यक

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १७:२७

विराटनगर, ४ साउन । बाल विवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता आवस्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरको समन्वयमा वडा बाल संरक्षण समिति बुढीगंगा–७, मोरङले आज डंग्राहामा आयोजना गरेको २०७५ साल भित्र बालविवाह अन्त्यका लागि प्रतिबद्धता घोषणा कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन ।

बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द माझीले वडा कार्यालयले शुरु गरेको बाल विवाह अन्त्य अभियान सर्हानिय भएको बताउनुभयो । उहाँले बाल विवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता आवस्यक रहेको बताउनुभयो ।

वडा कार्यालयले शुरु गरेको यस अभियानलाई निर्धारित मितिमै सम्पन्न गर्न गाउँपालिका दृढ रहेको प्रमुख माझीले बताउनुभयो ।

नारी विकास संघकी अध्यक्ष सीता शर्माले बाल विवाह अन्त्यका लागि सवै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महिला हिंसाको प्रमुख कारण बाल विवाह भएको उहाँले बताउनुभयो । बाल विवाहका कारण महिलकाको जीवनवृत्ति हुन नसक्ने समेत उहाँले बताउनुभयो । नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले बाल विवाह मुख्य चुनौति रहेको बताउनुभयो ।

अभियानलाई घर–घरमा पुर्याउने उद्देश्य सहित बाल विवाह अन्त्य कार्यक्रम गरिएको बताउनुभयो । स्थानीय बुद्धिजीवि रामचन्द्र पण्डितले उमेर नपुग्दै विवाह गरे आर्थिक अवस्था कमजोर हुने बताउनुभयो ।

उहाँले बाल विवाह अन्त्यका लागि सवैले हातेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष मुरारीलाल विश्वास, स्वयंसेविका चन्द्रकला माझी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा सर्वहित बाल सञ्जालले बाल विवाह न्युनीकरण संवन्धिको नाटक प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३