Breaking News

पूर्वमा २ हजार ७ सय सवारी दुर्घटना , पाँच सय ६९ को मृत्यु

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १७:३६

विराटनगर, ३ साउन । पूर्वका १६ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार सात सय सातवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच सय ६९ जनाको मृत्यु भएको छ ।

एक हजार तीन सय ६१ गम्भीर र एक हजार छ सय ९५ जना सामान्य गरेर तीन हजार ५६ जना घाइते भएका छन् । मृत्यु हुनेमा चार सय ५८ पुरुष, ६९ महिला, २८ बालक र १४ जना बालिका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मृत्यु हुनेको संख्या अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ७१ ले बढी हो । २०७३/०७४ मा दुई हजार एक सय ४४ वटा सवारी दुर्घटना हुँदा चार सय ९८ जनाको मृत्यु भएको थियो । तीन हजार आठ सय २० जना घाइते भएका थिए । दुर्घटनामा ३६ चौपाय मरेका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रमुख एसपी राजकुमार लम्सालका अनुसार २०७४/०७५ मा दुर्घटनामा परेर सबै भन्दा बढी मोरङमा एक सय १३ र सबै भन्दा कम तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । सबै भन्दा बढी दुर्घटना मोरङमा र कम सोलुखुम्बुमा भएका छन् ।

एसपी लम्सालले सुनसरीमा ९६, झापामा एक सय पाँच, मोरङमा एक सय १३, सप्तरीमा ७९, सिरहामा ७१, उदयपुरमा ३५, धनकुटामा १०, तेह्रथुममा दुई, इलाममा सात, पाँचथरमा १०, ताप्लेजुङमा पाँच, भोजपुरमा चार, संखुवासभामा १३, खोटाङमा चार, ओखलढुँगामा नौ र सोलुखुम्बुमा छ जनाको दुर्घटनामा परेर मृत्यु भएको जानकारी दिनु भयो ।

सप्तरी र सिरहा प्रदेश २ र अन्य १४ वटा जिल्ला प्रदेश १ मा पर्छन । एक वर्षमा सुनसरीमा तीन सय दुई, झापामा एक सय ६९, मोरङमा पाँच सय, सप्तरीमा तीन सय एक, सिरहामा दुई सय १९, उदयपुरमा एक सय दुई , धनकुटामा ३३, तेह्रथुममा १०, इलाममा ९१, पाँचथरमा ३१, ताप्लेजुङमा १४, भोजपुरमा नौ, संखुवासभामा १७, खोटाङमा ११, ओखलढुँगामा २३ र सोलुखुम्बुमा छ वटा दुर्घटना भएका छन् । वर्ष भरीमा सबै भन्दा बढी एक हजार तीन सय दुईवटा मोटरसाइकल दुर्घटना भएको छ ।

दुई सय २८ ट्रक, दुई सय २९ वटा बस, तीन सय ८४ वटा कार र जीप, दुई सय नौ वटा ट्रयाक्टर, ९० वटा टेम्पो र दुई सय ६५ वटा अन्य सवारी साधन दुर्घटनामा परेका छन् ।

एसपी लम्सालले साँघुरो र जीर्ण सडक, सडकमा छाडिने छाडा चौपाय, चालकको लापरवाही, गलत तरिकाले ओभरटेक गर्नु, लेन अनुशासन पालना नगर्नु, जथाभावी गलत तरिकाले सवारी साधन रोक्नु, सवारी पूर्ण रुपमा नरोकी यात्रु ओरार्नु, यात्रुले जथाभावी सडक काटिदिनु लगायतलाई दुर्घटनाको मुख्य कारकका रुपमा लिइएको बताउनु भयो ।

ट्राफिक नियम उल्लंघनबाट दुर्घटना अत्यधिक भएको पाइएपछि नियम पालना गराउने र नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्ने अभियानलाई पनि तीव्र पारिएको जानकारी उहाँले दिनु भयो ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १७:३६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३