प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १७:३१

विराटनगर, ३ साउन । आर्थिक वर्ष २०७४/०७५ मा विराटनगर भन्सार कार्यालयले सबै भन्दा बढी इन्धनका रुपमा प्रयोग हुने डिजेलबाट राजश्व संकलन गरेको छ ।

भारतबाट भएको डिजेल आयातबाट मात्रै समग्र राजश्वको सात दशमलव ७५ प्रतिशत असुली भएको हो भन्सार प्रवक्ता सुशील थापाले बताउनु भयो । उनका अनुसार डिजेलबाट दुई अर्व २६ करोड ६३ लाख २३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । वर्ष भरीमा १३ अर्व दुई करोड २० लाख १५ हजार मूल्य बराबरको दुई लाख १२ हजार तीन सय ९६ किलोलिटर डिजेल आयात भएको छ । थापाका अनुसार आयात भएका मुख्य १० वस्तुबाट मात्रै १३ अर्व ३१ करोड ७८ लाख ७२ हजार रुपैयाँ राजश्व उठेको छ ।

जस मध्ये बढी योगदान दिनमा डिजेल पहिलो नम्बरमा पर्छ । राजश्व संकलनमा चिनीले दोस्रो स्थान ओगटेको छ । भन्सार प्रमुख मिमांश अधिकारीले वर्ष भरीमा तीन अर्व ५५ करोड ४६ लाख २६ हजार मूल्य बराबरको सात करोड ८७ लाख ६२ हजार सात सय ९२ किलोग्राम चिनी आयात भएको बताउनु भयो ।

उहाँका अनुसार चिनी आयतबाट एक अर्व ३८ करोड ५२ लाख ९९ हजार रुपैयाँ राजश्व असुली भएको छ । अधिकारीले ११ अर्व ६२ करोड १० लाख ५४ हजार किलो फलामे सिआर सिट आयात भएकोमा एक अर्व ३८ करोड ३६ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनु भयो ।

राजश्व संकलनमा पेट्रोलको भूमिका चौथो अर्थात चार दशमलव २५ प्रतिशत रहेको छ । अधिकारीका अनुसार वर्ष भरीमा ५१ हजार एक सय २८ किलोलिटर पेट्रोल आयात भएकोमा एक अर्व ३२ करोड ७० लाख ५९ हजार रुपैयाँ राजश्व उठेको छ । १७ हजार आठ सय ६६ थान मोटरसाइकल आयात हुँदा एक अर्व ३२ करोड ६९ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

१६ करोड सात लाख ६८ हजार सात सय ४० किलोग्राम एमएम विलेट आयात हुँदा एक अर्व ३१ करोड ८३ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी अधिकारीले दिनु भयो ।

५० अर्व २९ करोड ३३ लाख २६ हजार किलोग्राम पोलीथिनदाना आयात हुँदा एक अर्व ३० करोड ३७ लाख ९९ हजार रुपैयाँ राजश्व उठेको भन्सार कार्यालयले जनाएको छ । वर्ष भरीमा १० करोड ७२ लाख १९ हजार आठ सय नौ किलोग्राम स्टील वायर रड इनक्वायल र एम.एस. आयात भएको छ ।

त्यसबाट एक अर्व २ करोड १५ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आठ करोड ६८ लाख २६ हजार चार सय ६२ किलो एचआर सीटबाट एक अर्व एक करोड ४४ लाख ३० हजार रुपैयाँ संकलन भएको छ ।

छ करोड ७४ लाख ५९ हजार पाँच सय ५९ थान तयारी कपडा आयात हुँदा ८७ करोड तीन लाख ९७ हजार रुपैयाँ असुली भएको भन्सार प्रमुख अधिकारीले बताउनु भयो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा ३२ अर्व ८१ करोड २६ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३