प्रकाशित : ३ श्रावण २०७५, बिहीबार १६:३८

विराटनगर, ३ साउन । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले ५ जना लाई एमवीवीएस पढाउने भएको छ । ग्रामिण क्षेत्रमा चिकित्सकहरुको सेवा उपलब्धता गराउने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले एमवीवीएस पठाउने भएको हो ।

चालु आर्थिक वर्षमा ५ जना विद्यार्थीलाई विशेष सहुलियत दिएर एमवीवीएस अध्ययनका लागि सहयोग गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

मन्त्रालयले गुरु योजनाका रुपमा यस कार्यलाई अघि बढाउने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ चालु आर्थिक वर्षमा ५ जनाबाट शुरुवात गर्दैछौं, आगामी २ वर्ष भित्रमा हरेक गाउँपालिका स्तरमा यो कार्यक्रम पुग्नेछ ।’

एमवीवीएस अध्ययनमा सहयोग गरेका विद्यार्थीले उत्तीर्ण भएपछि ५ वर्षभने ग्रामिण क्षेत्रमा रहेर कार्यगर्नु पर्ने मन्त्रालयको शर्त रहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कम्तिमा ५ वर्ष ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा दिनुपर्ने छ ।’ मन्त्री घिमिरेले आज विराटनगरमा ४ महिने प्रगती सार्वजनिक गर्दै प्रदेश स्तरमा विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउने गरि कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना अनुसार प्रारम्भिक काम अस्पताल सुधृढिकरणबाट थालिएको बताउनुभयो ।

मन्त्रालयले स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टर सञ्चालनका लागि उपकरण खरिदका लागि सहयोग गरेको, प्यारालाईसिस भएका विरामीहरुका लागि स्वास्थ्य सुधारका लागि कोशी अञ्चल अस्पतालसँग समन्वय गरि थेरापी कार्यक्रम गरिएको र ३५ जनाले सेवा लिईरहेको मन्त्री घिमिरेले बताउनुभयो ।

मन्त्रालयले शिक्षा क्षेत्र तर्फ संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि मन्त्रालयबाट निर्देशिका तयार गरि सवै स्थानीय तह, प्याव्सन, एनप्याब्सन र १४ वटै शिक्षा विकास तथा समन्वय इकाईमा पठाइएको बताईएको छ । मन्त्रालयले ४ महिनाको अवधिमा धेरै काम गरेको र कम मात्रै वजेट फ्रिज भएको मन्त्री घिमिरेले दावी गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३