प्रकाशित : २ श्रावण २०७५, बुधबार १८:४३

विराटनगर, २ साउन । आर्थिक वर्ष २०७४/०७५ मा विराटनगर भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । लक्ष्य भन्दा एक अर्व ५६ करोड ७८ लाख आठ हजार रुपैयाँ बढी राजश्व उठेको भन्सार प्रवक्ता सुशील थापाले बताउनु भयो ।

उहाँका अनुसार ३१ अर्व २४ करोड ४८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिइएकोमा ३२ अर्व ८१ करोड २६ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

साउन र भदौमा बाढी तथा डुबानका कारण मालबहाक सवारी साधन संचालनमा बाधा पुग्दा लक्ष्य भन्दा कम असुली गरे पनि समग्रमा वर्ष भरीमा भने लक्ष्य भन्दा बढी असुली गर्न सकिएको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताउनु भयो । साउनमा दुई अर्व १८ करोड ७१ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सारले एक अर्व ७० करोड ६९ लाख ६९ हजार रुपैयाँ मात्रै संकलन गर्न सक्यो ।

भदौमा दुई अर्व ४९ करोड ९५ लाख ९० हजार रुपैयाँको लक्ष्य लिए पनि एक अर्व ८७ करोड, ७८ लाख ४३ हजार रुपैयाँ मात्रै राजश्व असुली भएको भन्सारले जनाएको छ ।

असोजमा दुई अर्व ५२ करोड ६३ लाख ५१ हजार, कात्तिकमा दुई अर्व ७० करोड १८ लाख चार हजार, मंसिरमा दुई अर्व ५० करोड ९५ लाख ८२ हजार, पुसमा दुई अर्व ५१ करोड २८ लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी अधिकारीले दिनु भयो । भन्सारले साउनदेखि पुस सम्मको छ महिनामा १३ अर्व ८३ करोड ५३ लाख ४५ हजार रुपैयाँ मात्रै संकलन गरेको थियो ।

माघमा दुई अर्व ६८ करोड एक लाख ४६ हजार, फागुनमा दुई अर्व ८२ करोड ३६ लाख १७ हजार, चैतमा तीन अर्व ८५ लाख ६५ हजार, बैशाखमा दुई अर्व ९९ करोड ७१ लाख सात हजार, जेठमा तीन अर्व ६६ करोड ९७ लाख ९७ हजार र असारमा तीन अर्व ७९ करोड ७२ लाख आठ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रमुख अधिकारीले साउन र भदौमा भएको कम असुलीलाई पूर्ति गर्ने हिसावमा आयात निर्यातलाई व्यवस्थित गरेर काम गरिएका कारण लक्ष्य भन्दा बढी राजश्व संकलन भएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३