प्रकाशित : २ श्रावण २०७५, बुधबार १८:३९

विराटनगर, २ साउन । लामो समय शेयर घोटाला भएको भन्दै विवादमा परेको विराटनगर जुटमिल्समा करारका कर्मचारी निष्कासन सँगै पुनः विवादमा तानिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को अन्तिम अर्थात असार मसान्तसम्मका लागि करारमा राखिएका केही कर्मचारीलाई जुटमिल्स प्रशासनले अब हाजिर नगराउने भन्दै पत्र पठाएपछि विवाद सुरु भएको हो ।

कर्मचारीले ३० महिनादेखि तलब नपाएको बताएका छन् । तलब नपाइरहेका कर्मचारीलाई जुटमिल प्रशासनले हाजिर नगराउने पत्र पठाएपछि आन्दोलन र तालाबन्दीको श्रृंखला पुन:जुटमिलमा सुरु भएको छ । जुटमिलमा कार्यरत २४ जना कर्मचारीमध्ये १० जनाको काम नदेखिएको कारण विदा गर्नुपरेको जुटमिल प्रशासनको दाबी छ ।

जुटमिलका कर्मचारी मनोज खड्काले आफूहरुलाई तलब सुविधा नदिई हाजिर पनि गर्न नदिएको कारण तालबन्दी गरेको जानकारी दिनुभयो । जुटमिल्सका कर्मचारी बिमला तिम्सिनाले भने हाजिर गर्न नदिने कर्मचारीको पनि समयावधि सकिएको भन्दै पत्र दिनु गलत भएको दाबी गर्नुभयो । तलब सेवा सुविधा नदिइकन आफूहरुलाई विदा गर्नु अन्याय भएको उहाँको धारणा छ ।

यता जुटमिल्सका संचालक समितिका अध्यक्ष बसन्त वनले भने खातामा रकम नभएको कारण तलब खुवाउन नसकिएको बताउनु भयो । आफूले लेखा शाखालाई कस्को कति तलबसुविधा दिनुपर्ने भन्ने विषयमा हिसावको विवरण मागेको र उक्त विवरणको आधारमा कुनै विकल्पबाट तलब सुविधा क्रमशः खुवाउने बताउनु भयो ।

वनले बन्द रहेको जुटमिल्समा विभिन्न नाममा कर्मचारीको आवश्यकता नहुने भएको कारण करार अवधि सकिएपछि कामबाट हटाएको बताउनु भयो ।

यसअघिका जुटमिलका अध्यक्ष निलहरि काफ्ले शेयर घोटाला प्रकरणमा निस्काशनमा परेपछि आफू विरुद्ध जालसाँजी भइरहेको वनको भनाइ छ । आवश्यक मर्मत सम्भारपछि मिल संचालन गर्ने बताउँदै आउनु भएका वन कर्मचारीको तलब सुविधा उपलब्ध गराउनु पर्ने बाध्यतामै अल्झिनु परेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३