प्रकाशित : २ श्रावण २०७५, बुधबार १८:३७

विराटनगर, २ साउन । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ ले जनवकालतका कार्यक्रम गर्ने भएको छ ।

प्रदेश स्तरका नीति, कानून र कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिका सवालको समावेशीकरण, नीति कार्यक्रमको निर्माण कार्यान्वयन अनुगमन र मूल्यांकनमा अपाङ्गता भएका व्यक्तिका अर्थपूर्ण सहभागिताको सुनिश्चिताका लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले जनवकालत कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ ले सो जानकारी दिएको हो ।

जनवकालतका कार्यक्रम अन्र्तगत आगामी साउन ८ गते मुख्यमन्त्री शेरधन राई र प्रदेश मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार साउन १० गते प्रदेश स्तरमा रहेका प्रादेशिक कार्यालयहरुमा ज्ञापन पत्र बुझाईने छ । अपाङ्ग महासंघले अपाङ्गता क्षेत्रमा संवोधन गर्नुपर्ने २७ बुँदे सवाल तयार गरेको छ ।

सोही सवाललाई लिएर मुख्यमन्त्री, मन्त्री र प्रादेशिक कार्यालयमा पुग्ने कार्यक्रम अधिकृत विमल वस्नेतले बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासंघले ७ वटै प्रदेशमा जनवकालतका कार्यक्रम गर्ने कार्यक्रम अधिकृत वस्नेतले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३