Breaking News

धरानका प्रमुख तारा सुब्बाको निधन

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १८:३९

विराटनगर, १ साउन । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उहाँको आज दिउँसो निधन भएको हो ।

प्रमुख सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३