प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १८:३७

विराटनगर, १ साउन । मोरङमा आर्थिक वर्ष २०७४/७५ मा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने चार सय ७३ जना ट्राफिक कारवाहीमा परेका छन् ।

३१ वटा ट्रक, एउटा बस, ७७ वटा कार र जीप, २१ वटा ट्याक्टर, दुई सय ९८ वटा मोटरसाइकल र ४५ वटा अन्य सवारी साधनका चालक मापसे कारवाहीमा परेका हुन् । चालकलाई कारवाही गर्दा चार लाख ७३ हजार रुपैयाँ राजश्व संकलन भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताउनु भयो ।

मोरङमा मापसे गरेर सवारी साधन चलाउनेको संख्यामा वर्षेनी कमि हुँदै गएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा आर्थिक वर्ष २०७३/०७४ मा छ सय ९८, २०७२/०७३ मा आठ सय ३४ र आर्थिक वर्ष २०७१/०७२ मा एक हजार आठ सय चारवटा सवारी साधनका चालक कारवाहीमा परेका थिए ।

आर्थिक वर्ष २०७३/७४ मा छ लाख ८९ हजार, २०७२/७३ मा आठ लाख ३४ हजार र २०७१/०७२ मा १८ लाख चार हजार रुपैयाँ राजश्व मापसे कारवाहीबाट ट्राफिक प्रहरीले संकलन गरेको थियो । ट्राफिक प्रमुख पोखरेलले ट्राफिक सक्रियता, चेकजाँचमा कडाई, तत्काल कारवाही र विभिन्न जनचेतनामुलक कार्यक्रमले मापसे गरेर सवारी साधन चलाउनेको संख्या वर्षेनी घट्दै गएको बताउनु भयो ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले पाँच सय देखि एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना गर्ने गरेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल समेत पार्ने गरिएको छ । पाँचौं पटक सम्म प्वाल पारिएको लाइसेन्स स्वतह खारेज हुने नियम छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३