प्रकाशित : २९ असार २०७५, शुक्रबार १९:०५

विराटनगर, २९ असार । नेपाल तरुण दल रंगेली नगर उपाध्यक्ष भरत मण्डललाई समान्य विवादमा जवरजस्ती पक्राउ गर्न लगाएको भन्दै नेपाल तरुण दल मोरङका अगुवाईमा नेपाली कांग्रससंग आवद्ध विभिन्न संघ संगठनहरुले आन्दोलनको घोषणा गरेका छन ।

मण्डलको तत्काल रिहाईको माग गर्दै नेपाल तरुणदलको अगुवाईमा नेविसंघ, नेपाल ट्रेड युनियन कांग्रेस तथा महिलासंघले आज संयुक्त रुपमा विराटनगरमा पत्रकार सम्मेलनगरी आन्दोलनको घोषण गरेका हुन ।

रिहाईका लागी भोली शनिवार वेलुका मसाल जुलुस गर्ने र त्यसपछी पनी प्रसासनले मण्डललाई रिहा नगरे जिल्ला वन्द आव्हान गर्ने जनाएको छ ।

तरुणदल मोरङ अध्यक्ष प्रभाकर थापाले भोली सांझ विराटनगरमा मसाल जुलुसगर्ने र त्यसपछीपनी मण्डल रिहा नभए आइतवारदेखी मोरङ जिल्ला वन्द आव्हानगर्ने वताउनुभयो । रंगेली – ७ का मण्डलले विकास निमार्णमा आफुले काम गरेकोे संस्थाको रकम फर्चौटका लागी रंगेली नगरपालिका पुुग्दा कर्मचारीसंग भएको समान्य भनाभनको आधारमा रंगेली नगरपालिकाका मेयर र कर्मचारीले सुनियोजित तवरले मण्डललाई थुनाएको अध्यक्ष थापाको भनाई छ ।

९ दिनसम्म मण्डललाई प्रहरी हिरासतमा राखेर मेयर वगडियाले अधिनायकवादको शैलाी अपनाएको भन्दै अव आन्दोलनको आधिवेरी ल्याउने वताउनुभयो ।

नेपाली विद्र्याथिसंघका सहमहामन्त्री कृष्ण कार्कीले रंगेलीका मेयरले दम्भ देखाएर मण्डललाइ थुनाएको वताउनुभयो । नेपाल ट्रेड युनियन मोरङ अध्यक्ष सुशिल कोइरालाले नेपाली कांग्रेस मोरङको निर्णय अनुसार आन्दोलनका कार्यक्रम आएको भन्दै अव कांग्रेस चुप लागेर नवस्ने वताउनुभयो ।

कार्यक्रममा प्रदेश सांशद शान्ता पौडेल तथा विन्दिया कार्कीले भरत मण्डल रिहा नभए प्रदेशसभासमेत अवरुद्धगर्ने वताउनुभयो ।

९ दिन अघि इलाका प्रहरी कार्यालय रंगेलीलले पक्राउ गरेका मण्डललाई नगरपालिकाको वैठकले सार्वजनिक मुद्धा लगाएको छ । यो विषयलाई लिएर रंगेलीमा विरोधका कार्यक्रमहरु समेत भइरहेका छन । मण्डललाई छुटयाउने विषयमा छलफल भएपनी टुंगोमा भने पुग्न नसेको जनाइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३