प्रकाशित : २९ असार २०७५, शुक्रबार १८:५७

विराटनगर, २९ असार । साउनभित्र प्रदेशको राजधानी र नामाकरण टुंग्याउने गरी एक नम्बर प्रदेश सरकार छलफलमा जुटेको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानीको विषयमा आफूले पार्टीका शीर्ष नेतादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेको बताउनुभयो ।

के विषयमा कस्तो सुझाव आयो भन्ने विषय खुलाउन नचाहेको भएपनि राईले अहिले चर्चामा आएका ठाउँलाई ध्यान दिएर राजधानी र नामांकनको विषय टुंग्याउने बताउनुभयो ।

प्रदेशको नाम सगरमाथा, किराँत, लिम्बुवान, कोचिला या के राख्ने भन्ने विषय बाहिर नआएको भएपनि सर्वसाधरण र सांसदहरुले सगरमाथा नाम राख्ने सुझाव दिइरहेको उहाँले बताउनुभयो ।

कुराकानीका क्रममा नेकपाकै धेरै सांसदले नाम सगरमाथा राख्नुपर्ने बताइरहँदा प्रधानमन्त्रीले के सल्लाह दिनुभयो त भन्ने प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले सबै कुरालाई सुझावको रुपमा ग्रहण गरिएको बताउनु भयो । १ नम्बर प्रदेश सरकारले साउन महिनाभित्रै प्रदेशको नाम र राजधानीको विषय टुंगो लाग्ने बताइरहेका बेला पार्टीका शीर्ष नेताले भने सहमतिमै जोड दिँदै आएका छन् ।

नाम र राजधानीको विषयमा सरकारले संसदमा ठोस प्रस्ताव लगेपछि मात्रै प्रतिक्रिया दिने प्रतिपक्षी दलको पनि तयारी छ । तर, अब छिट्टै प्रदेशको नाम र राजधानीको टुंगो लाग्नेमा भने आशंका गरिरहनु नपर्ने मुख्यमन्त्री राईको भनाई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३