प्रकाशित : २९ असार २०७५, शुक्रबार १८:५५

विराटनगर, २९ असार । मोरङको कटहरीका दुई वटा वडालाई आगामी चैत्र भित्रमा बालमैत्री बनाईने भएको छ । वडा नं. ५ र ६ लाई २०७५ साल भित्रमा बालमैत्री वडा निर्माण गर्नका लागि आज बाल विवाह अन्त्यका लागि प्रतिवद्धता घोषणा सभा गरिएको छ ।

वडा बाल संरक्षण समितिको आयोजना तथा वल्र्ड भिजन र नारी विकास संघ विराटनगरको समन्वयमा दुई वटा वडालाई बालमैत्री बनाउने तयारी गरिएको हो ।

प्रतिवद्धता घोषणा सभा कार्यक्रममा कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले चैत्र भित्रैमा बालमैत्री घोषणाका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

वल्र्डभिजन इन्टरनेशनलका मविन घलेले कटहरीमा बाल विवाह व्याप्त रहेको अवस्थामा पनि २०७५ भित्रमा बाल विवाह मुक्त घोषणा गर्ने अभियानमा जुटेकोमा स्थानीयवासीलाई धन्यवाद दिनुभयो ।

नारी विकास संघकी महासचिव अम्विका शर्माले सानै उमेरमा विवाह हुँदा महिलाहरु विभिन्न समस्यामा पर्ने गरेको भन्दै विहेवारी २० वर्षपछि मात्र गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्वास्थ्य स्वयंसेविका, बालबालिका लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३