प्रकाशित : २९ असार २०७५, शुक्रबार १८:५४

विराटनगर, २९ असार । तस्करी नियन्त्रण गर्न र काम देखाउनकै लागि भनेर सादा पोशाकमा सशस्त्र प्रहरीमा घुमुवा राख्न नपाइने नीति नियमको उल्लंघन भएको छ ।

पूर्व क्षेत्रीय सशस्त्र प्रहरी प्रमुख डीआईजी मन्दिप श्रेष्ठले आफूखुसी संगठनको नीति विपरित घुमुवा राखेर परिचालन गर्ने गरेको पाइएको हो । सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालले पनि नियमलाई कडाईका लागू गर्दै मातहतका कुनै पनि युनिटलाई घुमुवा परिचालन नगर्न स्पष्ट निर्देशन दिनु भएको छ ।

निर्देशन र नियम विपरित परिचालन गरिएका घुमुवाका कारण पूर्वमा सशस्त्र प्रहरी बद्नाम हुँदै गएको छ । सादा पोशाकमा घुमुवाका रुपमा परिचालन गरिएकाहरुले नेपाल–भारत सीमा क्षेत्रबाट हुने गरेको तस्करीमा सहयोग गर्ने गरेको, अवैध धन्दामा संलग्न रहेकाहरुसंग अनुचित लाभ लिने गरेको, आर्थिक लाभ लिएर गलत धन्दालाई प्रसय दिने गरेको पाइएपछि सशस्त्र प्रहरी मुख्यालयले घुमुवा परिचालन नगर्न मातहतलाई निर्देशन दिंदै सर्कुलरनै जारी गरेको छ ।

तर त्यसको उल्लंघन गर्दै उच्च अधिकारीहरुले आफूखुसी घुमुवा राखेर परिचालन गर्दा काम कारवाहीका क्रममा सशस्त्र विवादित बनिरहेको सशस्त्रका एक अधिकृतले बताए ।

दुई नम्बरी धन्दा चलाउनेसंग अवैध रुपमा पैसा उठाउने, व्यापारीलाई थर्काउने र धम्क्याउने तथा विभिन्न दवाव दिने गर्दा घुमुवाबाट संगठनकै बद्नाम हुने गतिविधी भएपछि सादा पोशाकमा घुमुवा परिचालन गर्न नपाइने स्पष्ट नीति र निर्देशन नै बनेको उनले बताए । सशस्त्रका डीआईजी श्रेष्ठले भने घुमुवा राखे नराखेको बारेमा सबैलाई जानकारी दिन आवश्यक नरहेको दावी गर्दै आवश्यकता परेका बखत भने घुमुवा खटाउन गाह्रो नहुने बताउनु भयो ।

उहाँले विभिन्न खवर संकलन गर्न र कुनै कुराको अनुसन्धानमा सहयोग गर्ने हिसावले घुमुवा राख्नलाई नीति निर्देशन हेरिरहन नपर्ने दावी गर्नु भयो ।

सशस्त्र प्रहरी वलका एआईजी पुष्पराम केसीेले सादा पोशाकमा घुमुवा नै परिचालन नगर्ने संगठनको आन्तरिक नीति रहेको बताउनु भयो ।

केसीले कोही कसैले अनुचित लाभ लिन र अवैध धन्दालाई सहयोग पुर्याउने गरी घुमुवा राखेको पाइए कारवाही हुने जानकारी दिनु भयो । सशस्त्रमा धेरै विवाद घुमुवाकै कारणबाट उत्पन्न भइरहेको र यस्ता विषयमा मुख्यालय गम्भीर रहेको केसीको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३