प्रकाशित मिति : २८ असार २०७५, बिहीबार १७:२१

विराटनगर, २८ असार । आगामी असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।

जिल्ला खोप समन्वय समिति मोरङको आज विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सकिने बालस्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका अनुसार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।

मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । अहिलेसम्म मुलुकका ५० वटा जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । रासस

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३