प्रकाशित : २८ असार २०७५, बिहीबार ०७:२२

विराटनगर, २८ असार । मोरङको लेटाङ बजारमा विभिन्न समयमा मृत्यु भएका मृतकका नाममा वृक्षरोपण गरिएको छ ।
लेटाङ नगरपालिका ४ मा रहेको शिवालय मन्दिरको स्वर्ण महोत्सवको अवसरमा वृक्षरोपण गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश श्रेष्ठका अनुसार लेटाङ बजार भरीका मृत आत्माको चिर शान्तिको कामना गर्दै तीन दिने वृक्षरोपण कार्यक्रमको आब्हान गरिएको थियो । कार्यक्रममा विभिन्न प्रजातिका चार सय ५० विरुवा रोपिएको जानकारी श्रेष्ठले दिए । उनका अनुसार धुपी, अशोक, टिक, मयुरपंखी, रुद्राक्ष, विभिन्न प्रजातिका फलफुलहरु, सिरिस, पारिजात, अमला, बेल लगायतका वृक्ष रोपिएको छ ।
मृत आत्माको शान्तिको कामना गर्दै परिवारका सदस्य मध्ये एक जनाले एउटा विरुवा रोपेको श्रेष्ठले बताए । विरुवा रोप्नेले नै हुर्काउने र संरक्षण गर्ने जिम्मा पनि लिएका छन् । श्रेष्ठले मन्दिरको संरक्षणमा रहेको २५ कट्ठा जग्गामा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा विभिन्न समयमा मृत्यु भएकाका आफन्तहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रमकी संयोजक रेणुका दाहालले वृक्षरोपण गरिएको क्षेत्रलाई धार्मिक वनका रुपमा विकास गरेर लैजाने योजना रहेको बताइन । उनका अनुसार बेलबारी नगरपालिकामा रहेको नर्सरीबाट वृक्षरोपणका लागि निशुल्क विरुवाहरु प्राप्त भएको थियो ।

वातावरणको संरक्षण गर्दै स्थानीय स्तरमा पर्यपर्यटनको विकासका लागि पनि वृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने दाहालको भनाइ छ । ‘जुन घरमा आफ्ना परिवारका सदस्यको कालगतिले वा अकालमा मृत्यु भएको थियो । उनीहरुको अगुवाईमा वृक्षरोपण गरिएको हो,’ उनले भनिन्, ‘ खाली जग्गाको सदुपयोग गर्दै पर्यावरणलाई जोगाउन सबै नगरबासी सक्रिय भए । धार्मिक वनका रुपमा विकास भइसकेपछि यसले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पनि मद्धत गर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि एवं मोरङ क्षेत्र नम्बर १ ‘ख’ का सांसद उपेन्द्र घिमिरेले विरुवा आफैले रोप्ने र हुर्काउने तथा संरक्षण पनि आफैले गर्ने कार्य उदाहरणिय भएको बताए । घिमिरेले स्थानीय स्तरमा मन्दिर संरक्षण र पर्यटन प्रर्वद्धनमा कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।

जताततै वन मासिने र वन तस्करी हुने क्रम बढिरहँदा मृतकका नाममा भएको वृक्षरोपणले भने विशेष अर्थ राख्ने उनको भनाइ छ । जिल्ला वन महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल, लेटाङ रेन्जपोष्टका प्रमुख सत्यनारायण झा, लेटाङ ४ का वडा अध्यक्ष सन्तोश कार्कीले वन र वातावरण संरक्षणका लागि कार्यक्रम फलदायी हुने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३