प्रकाशित : २५ असार २०७५, सोमबार ११:४१

विराटनगर, २५ असार । दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरको नमस्कार होटलमा सोमबारदेखी सुरु हुँदैछ ।

सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा भारतीय शैक्षिक मेला हुन लगेको हो ।

प्रत्येक वर्ष प्रालिको आयोजनामा भारत तथा भारत बाहिर र नेपालमा गरि १९ वटा स्थानमा शैक्षिक मेला हुँदै आएको सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक सञ्जय थापाले जानकारी दिनुभयो । ‘काठमाण्डौपछि विराटनगरमा भारतीय शैक्षिक मेला हुन लागेको हो,’ थापाले भन्नुभयो, ‘मेलामा भारतका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागीता रहनेछ ।’

मेलामा भारतामा रहेका नाम चलेको कलेजहरूको कोर्षको बारेमा जानकारी पाउनेछन् । भारतको कलकता, पन्जाब, तमिलनाडु, बैङ्ग्लोरलगायतको भारतको विभिन्न प्रान्तमा रहेका नाम चलेका युनिर्भसल कलेजको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । दुई दिने मेलामा ७ सय देखी एक हजार सम्म विद्यार्थीहरुले प्रत्यकक्ष रुपमा आएर अवलोन गर्ने आयोजकले अपेक्षा रोखेका छ ।

त्यसैगरी मेलामा सम्पर्कम आएर भर्ना हुने विद्यार्थीको लागि ५० देखी १ सय प्रतिशतसम्म छात्रवत्ती प्रदान गर्ने भएको छ । आयोजकले सम्पूर्ण कलेजका बारेमा जानकारी दिनको लागि लक्कि ड्र मार्फत् मोवाएल फोन, ल्यापटप, ट्याब पनि प्रदान गर्ने भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लिले विगत १२ वर्षदेखी विराटनगर र काठमाण्डौमा भारतीय शैक्षिक मेला गर्दै आएको निर्देशक थापाले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३