प्रकाशित : १९ असार २०७५, मंगलवार १८:३९

विराटनगर १९ असार । विराटनगर महानगरपालिकाले वर्षादको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको छ ।

महानगरपालिकाले सिंघाइ नदी र केशलिया खोला संग जोडिएका सवै शाखा नालीहरुलाई खोल्ने काम गरिरहेको छ । महानगरपालिका भित्रका मूख्य नाली, पैनी र खोल्साखाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

उहाँले गएका वर्षहरुझै यसपटक समस्या नआओस भनेर खोलासंग जोडिएका सवैनाला सफाई गराउने काम भइरहेको बताउनु भयो । निकासका नालाहरु सफा नहुदा गत वर्ष विराटनगर वासीहरुले ठूलै सास्ती वेहोर्नु परेको थियो । सामान्य वर्षाद हुदासमेत जलमग्न हुने विराटनगरको यो समस्या समाधानका लागि महानगर पूर्व तयारी गरिरहेको छ । स्काभेटरको प्रयोग गरेर ठूला नालीहरु सफा गर्ने देखी सडक नालाको समस्या समाधानमा महानगर जुटिरहेको छ ।

व्यापारिक विस्तार आयोजना सिक्सलेन संग अधिकांश नालाहरु जेडिएकाले केही डुवान समस्या भने यसवर्ष पनि झेल्नु पर्ने हो की भन्ने आशंका रहेको मेयर पराजुलीको भनाई छ ।

वडास्तरमा स्काभेटर र जनशक्ति प्रयोग गरेर नाला तथा खोल्सा खोल्सी सफा गर्ने काम भइरहेको छ । विराटनगर स्थित वार्ड नं १२ मा रहेको च्याङवारी सफा गराउनका साथै ११ सय मिटर आउटलेट ड्रेन बनाउने काम अन्तिमचरणमा पुगेको छ भने वार्ड नं ६ र वार्ड नं १२ मा जोडिदै केशलिया पुग्ने धुदुवा पैनी सफा गराउने काम सम्पन्न भइसकेको छ ।

यस्तै सिंघाइ संग जोडिएका वार्डहरुका सवै नालीहरु सफा गराउने काम भइरहेको छ । सिंघाइ र केशलीया संग जोडिएका सवै नालाहरु पूर्णरुपमा सफाइ भए डुवान समस्या समाधान हुने महानगरको दावी छ ।lisinopril

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३