Breaking News

प्रदेश सरकारको बजेट सक्न धमाधम सम्झौता

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १८:३५

विराटनगर, १९ असार । आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश सरकारका योजनामा परेका बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले ठेकेदार कम्पनीसंग स–साना र टुक्रे योजनाका लागि भटाभट सम्झौता गरिरहेको छ ।

पछिल्लो दुई सातामा मात्रै महानगरले २० हजार देखि सात लाख रुपैयाँ सम्मका ६५ वटा विकासे योजनाकालागि सम्झौता गरेको पाइएको छ । प्रदेश सरकारका केही योजना कार्यान्वायनका लागि सम्झौता गर्ने काम भइरहेको महानगरले जनाएको छ । उसले आर्थिक वर्ष २०७४/०७५ को बजेट खर्च गर्नै पर्ने बाध्यताका कारण समय सकिनै लाग्दा पनि प्रदेश सरकारका योजना कार्यान्वायनका लागि ठेक्का सम्झौतालाई जारी राखिएको जानकारी दिएको छ ।

महानगरपालिकाका सूचना अधिकारी नन्दीकेशर भण्डारीका अनुसार दुई सातामा ६५ वटा टुक्रे योजनाका लागि सम्झौता भइसकेको छ । भण्डारीले प्रदेश सरकारका २० हजार देखि सात लाख सम्मका योजनाहरु असार २५ गते भित्र सक्ने गरी सम्झौता भएर कार्यान्वायनमा लगिएको जानकारी दिनु भयो । महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले प्रदेश सरकारबाट आएको अनुदान ‘फ्रिज’ हुन नदिन खर्च गर्नकै लागि ठेक्का सम्झौता भइरहेको बताउनु भयो ।

प्रदेश सरकारबाट अन्तिम समयमा महानगरपालिकालाई खर्च गर्नका लागि एक करोड बराबरको योजना आएको उहाँको भनाइ छ । लामो समयदेखि कर्मचारीको हातमा रहेको स्थानीय तहलाई स्थानीय सरकारले नेत्रृत्व गरे पनि बजेट खर्च गर्ने प्रवृत्तिमा भने सुधार हुन नसकेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश सरकारले बजेट ल्याएपछि ढिलो गरेर आएका स–साना योजनाको मात्रै सम्झौता भइरहेको बताउनु भयो ।

महानगरले रोकेको ठेक्का सम्झौता दवाव थाम्न नसकेर असार लागेपछि पनि गर्नु पर्ने अवस्था आएको जानकारी दिंदै पराजुलीले काम नसकिंदा सरकारको बजेट पनि फ्रिज भएर जाने भएकाले सांसदहरुको आग्रहमा आफूले योजना कार्यान्वायनको बाटो खोलिदिएको बताउनु भयो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३