प्रकाशित : १७ असार २०७५, आईतवार १८:४७

विराटनगर, १७ असार । तेस्रो मुलुकबाट नेपालमा आयत भएको कालो मरिच अवैध रुपमा भारततर्फ लादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

प्रहरीको आँखा छलेर अवैध रुपमा भारततर्फ लादै गरेको २५ किलोग्राम मरिच इलाका प्रहरी कार्यालय रानी विराटनगरले आज बरामद गरेको हो । विराटनगर भन्सार नाका नजिकबाट नै तस्करीको मरिच बरामद गरिएको प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनु भयो ।

उहाँका अनुसार बरामद गरिएको मरिच आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । दैनिक जसो मरिच तस्करी हुन थालेपछि सीमा क्षेत्रमा नियन्त्रणका लागि कडाई गरिएको प्रहरी निरीक्षक निरौलाले बताउनु भयो ।

नेपालमा भन्दा भारतमा प्रति किलो दुई सय रुपैयाँ भन्दा बढी मूल्य पर्ने भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर मरिच भारततर्फ अवैध रुपमा लैजाने गरेको निस्कर्ष प्रहरीले निकालेको छ । तेस्रो मुलुकबाट आयात हुने मरिच भारत निकासी गर्न पाइँदैन ।

तर, तेस्रो मुलुकबाट आयत भएको मरिच विराटनगरका आयतकर्ताहरुले भरिया प्रयोग गरी अवैध रुपमा भारतर्फ लाने गरेको पाइएको छ ।

तेस्रो मुलुक भियतनामबाट आयात हुने मरिचको खुद्रा मूल्य नेपालमा प्रति किलो ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको अवैध चोरी तस्करी गरेको प्रहरीको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३