प्रकाशित : १७ असार २०७५, आईतवार १८:४१

विराटनगर, १७ असार । मोरङको बुढीगंगा गाउँपालिका २ बउराहामा थारु संग्राहालय बनाइने भएको छ । थारु समुदायको बाहुल्य क्षेत्रमा पहिलो पटक संग्राहालय निर्माण हुने भएको हो ।

थारु अगुवा र गाउँपालिका कार्यालयको पहलमा साढे दुई कट्ठा जमिनमा निर्माण हुन लागेको संग्राहालयको कांग्रेस संसदिय दलका नेता विजयकुमार गच्छदारले सिलान्यास गर्नु भयो ।

गाउँपालिका प्रमुख बालचन्द्र माझीले तराईको आदिवासी जनजाति रुपमा रहेको थारु समुदायको संस्कार संस्कृतिको संरक्षण गर्ने उदेश्यले संग्राहालय निर्माण प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

उपभोक्ता समितिमार्फत तीन वर्ष भित्रमा निर्माण सम्पन्न गने लक्ष्य रहेको छ । थारु समुदायको रितिरिवाज र संस्कृति लोप हुने खतरा बढेपछि संरक्षणका लागि गाउँपालिकाले संग्राहालय निर्माण प्रक्रिया अघि बढाइको हो । त्यसका लागि पहिलो पटक गाउँपालिकाले १७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

भवन निर्माणमा मात्रै ४८ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । माझीका अनुसार संग्राहालयका लागि विभिन्न निकायबाट स्रोत जुटाउन थालिएको छ ।

संग्राहालयमा थारुका पौराणीक कुराहरु, पुर्खाहरु तथा थारु समुदायले लगाउने पोशाक, महिलाले लगाउने गरगहना, खेति किसानी गर्दाको हलो जुवा, विवाहमा प्रयोग हुने सामानहरु, भक्का लगायतका थारु परिकार र अन्य खानेकुराहरु तथा थारु संस्कृति झल्कने खालका चिजवस्तुहरु राखिने जानकारी माझीले दिनु भयो ।sildenafil

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३