प्रकाशित मिति : १३ असार २०७५, बुधबार १८:४६

विराटनगर, १३ असार । order Sublingual Viagra online cheap, clomid online. मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ३० वर्षीय हिकबहादुर बस्नेतले बलात्कारपछि महिलाको हत्या गरेको खुलेको छ । बस्नेतलाई प्रहरीले आज पक्राउ गरेपछि घटनामा उनको संलग्नता खुलेको हो । बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिना भन्दा बढी समय लागेको थियो ।

मिक्लाजुङ ७ सिसौलीकी ४४ वर्षीय शान्ति राई (तामाङ) को गत फागुन १९ गते राति बलात्कारपछि विभत्स रुपमा हत्या गरेर फ्यालेको अवस्थामा शव स्थानीय ग्याङ्ग्री खोलामा फेला परेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिनु भयो । मिक्लाजुङ ७ कै कमल बोहराको घरमा राखिएको चिन्ता (धामी) हेरेर फर्कने क्रममा महिलाको बलात्कारपछि हत्या गरिएको खुलेको एसपी केसीले बताउनु भयो । उहाँका अनुसार महिलाको शव विभत्स र निवस्त्र रुपमा फेला परेको थियो ।

शरीरका सबै कपडा खोलेको, अनुहार ढुँगाले किच्याएर चिन्नै नसक्ने गरी क्षतविक्षत बनाएको, स्तन लगायत शरीरका विभिन्न अंगमा चोटपटक भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

बलात्कार गरेको कुरा खुल्ने डरले महिलाको हत्या नै गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । केसीले घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको बताउनु भयो ।

उहाँले पक्राउ परेका बस्नेत विरुद्ध भने कर्तव्य ज्यान शीर्षकमा मुद्धा चलाउन आज नै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३