Breaking News

सुन तस्करी र हत्या प्रकरण : उच्च अदालतमा बहस हुँदै

प्रकाशित मिति : १३ असार २०७५, बुधबार १८:४३

विराटनगर, १३ असार । Viagra Super Active buy online, clomid reviews. साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्धाको उच्च अदालत विराटनगरमा भोलीदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका प्रहरी अधिकारी सहित पाँच जना प्रतिवादीका सम्बन्धमा बहस हुने भएको हो । जिल्ला अदालत मोरङले दिएको आदेश विरुद्ध आज सम्ममा प्रहरी अधिकारी सहित १६ जनाले साधारण तारेखमा छाडिनु पर्ने माग गर्दै अदालती बन्दोवस्तीको १७ नम्बरको निवेदन दर्ता गराएका छन् ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार आज सम्ममा निवेदन दर्ता गराएका मध्ये पाँच जनाको मात्रै जिल्ला अदालत मोरङबाट कैफियत प्रतिवेदन आएकाले उनीहरुको हकमा भोलीदेखि बहस सुरु हुने छ । थुनामा रहेका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, निलम्वित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी संजयबहादुर राउत र व्यापारी हेमन्त गौतमको हकमा थुनछेक बहस हुने जानकारी रेग्मीले दिनु भयो ।

१७ नम्बर गर्ने मध्ये पाँच जनाको अदालतले दिएको आदेश, अभियुक्तले अदालतमा दिएको बयान, अभियोगपत्र, घटना बिवरण, मुचुल्कामा उल्लेखित गरिएका मानिस सहितको कैफियत प्रतिवेदन उच्च अदालतमा आइसकेकोले रेग्मीले बताउनु भयो ।

आज मात्रै उच्च अदालतमा प्रतिवादीहरु दोराम खत्री, गोपालकुमार श्रेष्ठ, माधव भन्ने मदन प्रसाद घिमिरेले आफ्ना कानुन व्यवसायीमार्फत १७ नम्बरको निवेदन दर्ता गराएका छन् । यस अघि पूर्व डीआईजी निरौला, निलम्वित एसएसपी लोहनी, एसपी खनाल, डीएसपी राउत, डीएसपी प्रजित केसी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा तामाङ, सम्बीरप्रसाद तोलाङ्गे, राजन थापा, एलबी भनिने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, सुनका लगानीकर्ता भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भूजुङ गुरुङ र टेकराज मल्ल ठकुरीले १७ नम्बरको निवेदन उच्च अदालतमा दर्ता गराएका थिए । उच्च सरकारी वकिल कार्यालय विराटनगरका सह न्यायाधीवक्ता चिरञ्जिवी पराजुलीले वादी नेपाल सरकारका तर्फबाट बहस गर्नु हुने छ ।

प्रतिवादीहरुको प्रतिरक्षामा पहिलेनै जिल्ला अदालत मोरङमा यही मुद्धाको बहस गरिसकेका कानुन व्यवसायीहरु उभिने छन् । वादी र प्रतिवादीका कानुन व्यवसायीहरुको बहस सकिएपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरेर प्रमाणको मूल्याँकन गर्दा प्रतिवादी कसूरदार नदेखिएमा साधारण तारेखमा वा धरौटीमा छाड्ने अथवा जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गर्न सक्ने अधिवक्ता विकास थापाले जानकारी दिनु भयो । मोरङ अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुुद्धामा पक्राउ परेका ३० प्रतिवादी मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एक जना धरौटी र अर्का एक जना साधारण तारेखमा छुटेका छन् । घटनामा संलग्न विरुद्ध आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालत मोरङमा बैशाख १९ गते मुद्धा दर्ता गरिएको थियो । प्रतिवादी बनाइएका ६३ जना मध्ये हराएको भनिएको तस्करीको साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल सहित ३० जना अझै फरार छन् ।biaxin

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३