प्रकाशित : १३ असार २०७५, बुधबार १६:१७

Zenegra online, purchase lioresal. विराटनगर, १३ असार । प्रदेश नं. १ मा बालविवाह विरुद्ध २ हजार २ सय २२ घण्टे प्रदेश स्तरिय अभियानको शुभारम्भ गरिएको छ । अभियानको सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुभारम्भ गर्नु भएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ, विराटनगरसँगको साँझेदारीमा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ ले अभियान चलाईएको पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले बताउनुभयो । अभियानको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल विवाह र दाईजो प्रथा उन्मुलन गर्ने अभियानमा प्रदेश सरकार रहेको बताउनुभयो । सन् २०३० अगावै प्रदेश सरकारले बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने उहाँले दावी गर्नुभयो ।

पत्रकार महासंघले २ हजार २ सय २२ घण्टे अभियान अन्र्तगत प्रदेश भरि नै बाल विवाह अन्त्यका लागि विभिन्न गतिविधि गर्ने महासचिव विवेक गौतमले बताउनुभयो ।

महासंघले प्रदेशभरिका छापा र विद्युतिय सञ्चार माध्यममा बाल विवाह विरुद्धका विभिन्न सूचना मुलक सन्देश प्रकाशन तथा प्रसारण गर्ने महासचिव गौतमले बताउनुभयो । शुभारम्भ कार्यक्रममा इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापा, वल्र्ड भिजन इन्टरनेशनलका सुनसरी–मोरङ टिम म्यानेजर विनय अमात्य, नारी विकास संघकी अध्यक्ष सीता शर्मा, माईती नेपालका विनोद पोखरेल, सिविन नेपालका बासु अधिकारी, पत्रकार गणेश लम्सालले बाल विवाह विरुद्ध अभिभावकलाई कानूनका बारेमा सचेत बनाउनु पर्नेमा जोड दिनुभयो । बाल विवाह प्रदेश नं. १ का सवै जिल्लाको प्रमुख समस्याको रुपमा रहेको ।

बाल विवाह न्युनीकरणका लागि बल्र्डभिजनसँगको सहयोगमा नारी विकास संघ विराटनगरले नेपाली जुटौं बाल विवाह रोकौं अभियान मोरंगका बुढीगंगा, ग्रामथान, कटहरीको ५ र ६ , सुन्दरहरैचा नगरपालिकाको हरैचा र विराटनगर १९ मा सञ्चालन गरिरहेको कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३