प्रकाशित : १३ असार २०७५, बुधबार १५:३९

cheap sildenafil, buy lioresal. विराटनगर, १३ असार । पूर्वमा असार दोस्रो साता सम्ममा ७.२२ प्रतिशत धान रोपाइँ भएको छ । अहिले पहाडी जिल्लाहरुमा धमाधम रोपाइँ भइरहेको छ ।

तराईका जिल्लामा पनि रोपाइँ सुरु भएको छ । पहाडी जिल्लामा सबै भन्दा धेरै भोजपुरमा ५० प्रतिशत र सबै भन्दा थोरै संखुवासभामा तीन प्रतिशत मात्रै रोपाइँ भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

हाल सम्म तराईका जिल्लामा सबै भन्दा थोरै झापा, सप्तरी र सिरहामा एक/एक प्रतिशत रोपाइँ भएको भएको छ । पूर्वका १६ जिल्लामा चार लाख ६६ हजार दुई सय हेक्टरमा धान खेती हुन्छ । धान खेती हुने मध्ये हाल सम्ममा ३३ हजार छ सय ८० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिनु भयो ।

उप्रेतीका अनुसार पहाडी जिल्ला मध्ये भोजपुरमा ५० प्रतिशत, तेह्रथुममा ३०, सोलुखुम्बुमा २३, पाँचथरमा १६, ताप्लेजुङमा १५, संखुवासभामा तीन, इलाममा नौ, धनकुटा, ओखलढुँगा, खोटाङ र उदयपुरमा पाँच/पाँच प्रतिशत रोपाइँ सकिएको छ । तराईका जिल्ला मध्ये सुनसरीमा १५, मोरङमा पाँच, झापा, सप्तरी र सिरहामा एक/एक प्रतिशत रोपाइँ भएको उनले बताए ।

१६ जिल्ला मध्ये सप्तरी र सिरहा प्रदेश २ र अन्य १४ वटा जिल्ला प्रदेश १ मा पर्छन । कार्यालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार विशेष गरेर तराई क्षेत्रमा असार १५ पछि मात्रै धामाधम रोपाइँ हुने गरेको छ ।

उच्च पहाडी क्षेत्रमा असार सुरु नहुँदैदेखि रोपाइँ गर्न थालिन्छ । पहाडको पनि बेंसी फाँटहरुमा भने ढिलै रोपाइँ हुने गरेको छ ।

ढिलो रोप्दा धान पसाउन समस्या हुने र उत्पादन नदिने भएका कारण उच्च पहाडी क्षेत्रमा भने बेलैदेखि रोपाइँ हुने गरेको जानकारी अधिकारीले दिनु भयो । पछिल्लो समय भइरहेको खण्डबृष्टिका कारण पहाडी जिल्लामा पनि रोपाइँलाई केही बाधा भने पुगिरहेको उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३