Breaking News

पुराना बामपन्थी नेता दिनेश राईको उपचारमा समस्या

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १८:४१

विराटनगर, १२ असार । buy Cialis Soft online cheap, order Zoloft. कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएका पुराना बामपन्थी ६६ वर्षीय दिनेश राईको उपचारमा समस्या भएको छ ।

गत शनिबार सुनसरीको पकलीमा बिरामी भएर ढलिरहेको अवस्थामा उद्धार गरेर प्रहरी र केही व्यक्तिहरुको सहयोगमा उहाँलाई उपचारका लागि विराटनगर ल्याईएको थियो । अस्पतालको मेडिकल वार्डको १७९ नम्बर बेडमा भर्ना गरिएका राई जीवन मरणको दोसाँधमा छट्पटाइ रहनु भएको छ । हेरचाह र स्याहार सुसार गर्ने कोही पनि आफन्त नहुँदा राईको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

परिवारमा खटपटी भएका कारण श्रीमती विनु राईसंग २०६० सालमा सम्बन्ध विच्छेद भएपछि एक्लो बन्नु भएका राईले जननेता मदन भण्डारी, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका नेता गुरु बराल, पूर्व सांसद हर्कमान तामाङ लगायतका कम्युनिष्ट नेतासंगै राजनीति गर्नु भएको थियो ।

राईले आफूले पहिल्यैदेखि बामपन्थी राजनीतिमा सहयोग गरे पनि कुनै लाभको पद नलिएको र पदका लागि कहिल्यै पनि लोभ नगरेको बताउनु भयो । विराटनगर ११ मा बस्दै आउनु भएका राईले श्रीमतीसंग सम्बन्ध विच्छेद भएपछि घर छाड्नु भएको हो । राजनीति गर्ने क्रममै उहाँ २०३५ र २०४७ सालमा दुई पटक पक्राउ परेर ११ महिना सम्म जेल पनि पर्नु भएको थियो । उपचारका लागि सहयोग गर्न आफन्त कोही नआएका कारण बिरामी अवस्थाका उहाँ झन संकटमा पर्नु भएको छ ।

उपचारमा संलग्न फिजिसियन रामकुमार साहका अनुसार राईको शरीरमा रगतको कमि देखिएको छ । उहाँलाई अहिले तत्काल तीन पिन्ट रगतको आवश्यकता परेको जानकारी साहले दिनु भयो ।

श्रीमतीसंग सम्बन्ध विच्छेदपछि भने आफूले सुकुम्बासी जीवन विताइरहेको राईले बताउनु भयो । अस्पतालमा रहेका प्रहरीले उपचारका लागि केही सहयोग गरिरहे पनि आफन्त र सहयोग गर्ने कोही नहुँदा उहाँको प्रभावकारी उपचार र स्याहारसुसार हुन नसकेको अस्पतालले जनाएको छ ।

उहाँका राजनैतिक सहयात्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता गुरु बरालले राई भूमिगत कालदेखि नै राजनैतिक गतिविधीका सहयोगी भएको बताउनु भयो । बरालले आज नै अस्पताल प्रशासनलाई राईको उपचारमा कुनै पनि समस्या आउन नदिन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३